हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव २७ अङ्कले घटेर २ हजार ७३५ दशमलव १४ विन्दुमा झरेको हो।
आज फाइनान्स समूह बाहेक सबै उपसूचक ओरालो लागेका छन्। सबैभन्दा बढी व्यापार समूहको सूचक १ दशमलव ७७ प्रतिशतले घटेको छ। कारोबार भएका कम्पनीमध्ये २२२ वटाको शेयर मूल्य घट्दा ४२ वटाको बढेको छ भने ६ वटाको मूल्य स्थिर रहेको छ।
आज Upakar Laghubitta Bittiya Sanstha को शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ। समग्र बजार घटेका बेला Kalinchok Hydropower को शेयर मूल्य भने १५ प्रतिशतले बढेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३५६ कम्पनीका ९२ लाख ३६ हजार कित्ता शेयर ४ अर्ब ८ करोड रुपैयाँमा खरिद–बिक्री भएका छन्।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post