कञ्चनपुर — सुनको भाउ आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो पनि सुनको भाउ तोलामा ८ हजार २०० रुपैयाँले घटेको थियो। गएको २१ गतेदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ।
यसैबीच, चाँदीको भाउ भने सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।










Discussion about this post