सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडद्वारा आयोजित विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटल पावन मिथिलामा सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा जेठ १५ गते शुक्रबार आयोजित कार्यक्रममा सञ्चालक चन्द्रमोहन श्याङ्वाले स्थानीय किसान, कृषि व्यवसायी तथा सरोकारवालाहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि जिल्ला उपसभापति दिलिपकुमार लामाले कृषि क्षेत्रको रूपान्तरणका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रम प्रभावकारी हुने बताए।
कार्यक्रममा कृषि क्षेत्रका प्राविधिक तथा व्यावसायिक पक्षबारे विस्तृत छलफल गरिएको थियो। पशु विज्ञ जगत यादवले किसानहरूलाई परम्परागत खेती प्रणालीबाट माथि उठेर व्यावसायिक कृषि अपनाउन तथा व्यवसायलाई आधुनिक र नाफामुखी बनाउने उपायबारे जानकारी गराए। साथै, कम्पनीका सञ्चालक प्रदीप यादवले एसियन स्मार्ट एग्रोका आगामी योजना तथा किसान लक्षित कार्यक्रमहरूबारे जानकारी दिँदै किसान हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
अन्तरक्रियाका क्रममा सहभागी किसानहरूले आफ्ना व्यावहारिक समस्या र सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले कृषि उपजको बिक्रीका लागि व्यवस्थित बजार प्रणाली विकास गर्न, प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि बाली बीमाको व्यवस्था गर्न, उत्पादन संरक्षणका लागि कोल्ड स्टोर स्थापना गर्न तथा सरकार र बैंकबाट उपलब्ध अनुदानमा आधारित कृषि कर्जामा पहुँच बढाउन कम्पनीले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post