बिहिवार रातभरि परेको अविरल वर्षापछि आज शुक्रबार बिहान पोखराको मौसम झन् लोभलाग्दो बनेको छ ।
वर्षासँगै खुलेको मौसमले फेवाताल वरपरको वातावरणलाई झन् सुन्दर बनाएको छ । तालमाथि फैलिएको हल्का कुहिरो, पानीले धुनेजस्तै सफा बनेका डाँडाकाँडा र तालमा झल्किएको आकाशको प्रतिबिम्बले फेवाताललाई मनमोहक बनाएको छ ।
रातभरिको वर्षाले पोखराको जनजीवन केही प्रभावित भए पनि बिहान मौसम खुल्दै जाँदा फेवाताल क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल फेरि बढ्न थालेको देखिन्छ ।
ताल किनारमा पानीका तरंगसँगै देखिएको शान्त वातावरण, बादलभित्र लुकामारी खेलिरहेका पहाड र वर्षापछिको हरियालीले पोखराको प्राकृतिक सौन्दर्यलाई थप जीवन्त बनाएको छ ।










Discussion about this post