Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमआरपी कार्यान्वयनमा सरकार कडा, व्यवसायी असन्तुष्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ८, मंगलवार ०८:३३
एमआरपी कार्यान्वयनमा सरकार कडा, व्यवसायी असन्तुष्ट
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य ९एमआरपी० कार्यान्वयनलाई तीव्र बनाउँदै उद्योगदेखि ठूला डिपार्टमेन्टल स्टोरसम्म अनुगमन बढाएको छ । सरकारको १०० बुँदे कार्यसूचीमा एमआरपीलाई प्राथमिकतामा राखिएपछि विभाग सक्रिय रूपमा कार्यान्वयनमा जुटेको हो ।

विभागका अनुसार अनुगमन टोली विस्तार गरी उद्योग, ठूला पसल तथा बहुपसल केन्द्रित स्थानहरूमा विशेष निगरानी थालिएको छ । विभागका निर्देशक नरहरि तिवारीले उपभोक्ता अधिकार संरक्षणका लागि एमआरपी कडाइका साथ लागू गरिने बताउनुभयो ।

तर उद्योगी(व्यवसायीहरूले भने यो निर्णय व्यावहारिक नभएको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालका अनुसार एमआरपीको उद्देश्य सकारात्मक भए पनि वर्तमान अवस्थामा यसको कार्यान्वयन अत्यन्त चुनौतीपूर्ण छ ।

यसैबीच, नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेलले पनि एमआरपी कार्यान्वयनलाई व्यवहारिक बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले बजारको यथार्थ अवस्था, आयात प्रणाली र साना व्यवसायीहरूको क्षमतालाई ध्यानमा नराखी एकैपटक कडाइ गर्दा व्यवसाय सञ्चालनमा कठिनाइ आउन सक्ने बताउनुभयो । पोखरेलका अनुसार उपभोक्ता हित संरक्षण आवश्यक भए पनि त्यसका लागि पूर्वाधार, स्पष्ट कार्यविधि र चरणबद्ध कार्यान्वयन आवश्यक छ । अन्यथा साना तथा मझौला व्यवसायी सबैभन्दा बढी प्रभावित हुने उहाँको चेतावनी छ ।

नेपाल आयातमुखी अर्थतन्त्र भएकाले एउटै कन्टेनरमा विभिन्न देशबाट फरकफरक वस्तु आउने र भन्सार विन्दुमै सबैमा एमआरपी निर्धारण तथा लेबलिङ गर्नु जटिल रहेको उहाँको भनाइ छ । यस्तो कार्यका लागि आवश्यक पूर्वाधार, समय र लागत अहिलेको व्यवस्थाले धान्न नसक्ने व्यवसायीहरूको तर्क छ ।

नेपाल व्यापार संघका निवर्तमान अध्यक्ष तथा नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष हरि गौतम एमआरपी कार्यान्वयनलाई दीर्घकालीन सुधारको रूपमा लिनुपर्ने सुझाव दिनुभएको छ। उहाँले भन्नुभयो, “उपभोक्ता संरक्षणको नाममा हतारमा कडाइ गर्दा बजारमा असन्तुलन आउन सक्छ। साना तथा मझौला व्यवसायीलाई तयारी बिना नै दबाब दिनु उपयुक्त हुँदैन। सरकार र निजी क्षेत्रबीच सहकार्य र संवाद आवश्यक छ।”

सरकार भने उपभोक्ता हितलाई केन्द्रमा राख्दै एमआरपी प्रणाली प्रभावकारी रूपमा लागू गर्ने अडानमा रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आजका लागि विदेशी मुद्राको विनिमय दर
अर्थ/ब्यापार

आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८३ बैशाख ८, मंगलवार ०८:३३
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

आज एक हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०८३ बैशाख ८, मंगलवार ०८:३३
सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने
अर्थ/ब्यापार

सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

२०८३ बैशाख ८, मंगलवार ०८:३३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव रहने

आजको मौसम: तराई क्षेत्रमा तातो लहरको सम्भावना

२०८३ बैशाख ८, मंगलवार ०८:३३
टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित

टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित

२०८३ बैशाख ८, मंगलवार ०८:३३
आईपीएलमा मुम्बईको सानदार जित, गुजरात पराजित

आईपीएलमा मुम्बईको सानदार जित, गुजरात पराजित

२०८३ बैशाख ८, मंगलवार ०८:३३
एमआरपी कार्यान्वयनमा सरकार कडा, व्यवसायी असन्तुष्ट

एमआरपी कार्यान्वयनमा सरकार कडा, व्यवसायी असन्तुष्ट

२०८३ बैशाख ८, मंगलवार ०८:३३
दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित

दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित

२०८३ बैशाख ८, मंगलवार ०८:३३
साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित

साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित

२०८३ बैशाख ८, मंगलवार ०८:३३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व