कञ्चनपुर । मानसखण्ड (सुदूरपश्चिम) का युवा साहित्यकार हेमबाबु लेखकलाई भारतको राजधानी नयाँदिल्लीमा सम्मानित गरिएको छ । भाषा, साहित्य, संस्कृतिका माध्यमबाट नेपाल र भारतको मित्रवत सम्बन्धलाई प्रगाढ बनाउन उल्लेखनीय याेगदान पुर्याएकोमा उनलाई ‘भारत-नेपाल मैत्री सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
भारतको राजधानी नयाँदिल्लीस्थित दिल्ली विश्वविद्यालयमा लेखक सम्मानित भएका हुन् ।आइतबार दिल्ली विश्वविद्यालयअन्तर्गत हंसराज कलेजमा आयोजित विविध साहित्यिक कार्यक्रममा उनलाई प्रशस्तिपत्रसहित सम्मानित गरिएको हो ।
भारतमा प्रतिष्ठित रहेको सुर साहित्य परिषदद्वारा आयोजित कार्यक्रममा लेखकलाई बरिस्ठ साहित्यकार डा.सन्यज जैन, नयन निरज नायाब, डा. उर्वी उदल, ज्ञानेन्द्र प्रयागी र माेडल ज्याेति झुल्का, डा. राजरानी भल्लाले सम्मानित गरेका थिए ।
साहित्यकार लेखक लामो समयदेखि काली-कर्णाली र भारतको कुमाउ (मानसखण्ड) क्षेत्रको भाषा, कला, संस्कृति र लाेकसाहित्य संरक्षण, संबर्धन र प्रचारप्रसारमा निरन्तर गाेष्ठी, सम्मेलनहरु आयोजना गर्दै आइरहेका छन् । दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।










Discussion about this post