कञ्चनपुर – आज पनि पहाडी तथा हिमाली केही ठाउँ तथा तराईका थोरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली भागमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरीसहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तथा बाँकी तराईका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
मधेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा हावाहुरी चल्ने अनुमान छ । हिजो बेलुका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्ग्सहित हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।










Discussion about this post