Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनीमा ‘नगरस्तरीय भौगोलिक तथ्याङ्क पूर्वाधार’ तथा ‘दास्ता’ परियोजनाको अन्तिम कार्यशाला सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र ९, २०८२
दोधारा चाँदनीमा ‘नगरस्तरीय भौगोलिक तथ्याङ्क पूर्वाधार’ तथा ‘दास्ता’ परियोजनाको अन्तिम कार्यशाला सम्पन्न
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तथ्यमा आधारित शासन व्यवस्था (Evidence-based Governance) लाई सुदृढ बनाउने उद्देश्यका साथ ‘नगरस्तरीय भौगोलिक तथ्याङ्क पूर्वाधार’ (MSDI) विकास, तथ्याङ्क व्यवस्थापन निर्देशिका तथा ‘दास्ता’ (DASTAA) परियोजनाको अन्तिम प्रसार कार्यशाला सम्पन्न भएको छ। नगरपालिकाको नेतृत्वमा Twilio संस्थाको सहयोग, नक्सा प्रालिको कार्यान्वयन, आईएचआरआरको अनुसन्धान, डिसिए नेपालको मानवीय साझेदारी र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को स्थानीय समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो।

बाढीको उच्च जोखिममा रहेको दोधारा चाँदनी नगरपालिकाले विगतमा भौगोलिक तथ्याङ्कको अभावका कारण विपद् प्रतिकार्यमा भोग्नुपरेका कठिनाइहरूलाई मध्यनजर गर्दै यो परियोजना अघि बढाइएको हो। नगरपालिकामा विभिन्न परियोजनाहरूले छुट्टाछुट्टै सर्वेक्षण गर्ने तर पालिका स्तरमा एकीकृत डेटाबेस (Integrated Database) नहुने समस्यालाई समाधान गर्न यस परियोजनामार्फत एकीकृत जियो-डेटाबेसको परिकल्पना गरिएको छ। यसलाई कार्यान्वयनमा ल्याउन एमएसडीआई (MSDI) र पालिका स्तरको जियो-डेटाबेस टेम्प्लेट समेत डिजाइन गरिएको छ। यो अभ्यास पालिका स्तरको पहिलो ‘नगरस्तरीय तथ्याङ्क सङ्कलन तथा साझेदारी निर्देशिका’ (Municipal Data Collection and Sharing Guideline) हुने बताइएको छ।

कार्यशालामा नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले प्रविधिमा आधारित यो प्रणालीले नगरको योजना तर्जुमा र विपद् व्यवस्थापनमा दीर्घकालीन रूपमा ठूलो सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले विगतमा भौगोलिक तथ्याङ्कको अभावका कारण विपद् प्रतिकार्यमा भोग्नुपरेका कठिनाइहरूलाई स्मरण गर्दै अब नगरको विकास र विपद् व्यवस्थापनमा यो एकीकृत प्रणाली महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

नक्सा प्रालिका को-फाउन्डर उत्तम पुडासैनीले स्थानीय तहमा तथ्याङ्क सङ्कलनमा हुने दोहोरोपना र प्राविधिक तादम्यताको अभावलाई समाधान गर्न एकीकृत प्रणालीको आवश्यकतामा जोड दिनुभयो। उहाँले विभिन्न परियोजनाले विभिन्न उद्देश्यका लागि छुट्टाछुट्टै सर्वेक्षण गर्ने र विभिन्न निकायले छुट्टाछुट्टै तथ्याङ्क राख्नुभन्दा पनि नगरपालिकामा एउटा डेटाबेस बनाएर एकीकृत प्रणालीमार्फत अघि बढ्नुपर्नेमा जोड दिनुभयो।त्यस्तै नक्सा प्रालिका सुदर्शन हमाल र विद्या भण्डारीले दास्ता (DASTAA) परियोजनाको कार्यढाँचा, नतिजा र सिकाइबारे प्रस्तुतीकरण दिनुभएको थियो। उहाँहरूले परियोजना अन्तर्गत ९,००० भन्दा बढी घरधुरीको जोखिम प्रोफाइल अद्यावधिक गरिएको जानकारी सहभागीहरूलाई गराउनुभएको थियो।

नक्सा प्रालिका तथ्याङ्क अफिसर अभिषेक कँडेलले घरधुरी तथ्याङ्क प्रमाणीकरणका उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो भने कुन्दन जंग थापाले आईपिडीएस (IPDS) मोडेलमा आधारित मार्गचित्रबारे जानकारी दिनुभएको थियो। विशेषगरी DASTAA V2.0 को नयाँ मोड्युलर संरचना, जसमा विपद्, कृषि, स्वास्थ्य र शिक्षा शाखा अन्तर्गत ‘डिपार्टमेन्ट स्पेसिफिक ड्यासबोर्ड’ र सोही अनुसारका कार्यहरू समावेश छन्, त्यसबारे सहभागीहरूलाई अभिमुखीकरण गराइएको थियो।

एक वर्षसम्म पालिका स्तरमा तथ्याङ्क अधिकृत राखेर गरिएको विस्तृत अध्ययनका आधारमा यो कार्यविधि र फ्रेमवर्क तयार पारिएको हो। यसलाई नगरपालिकाबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याइनेछ। यो प्रणाली सञ्चालनमा आएपछि कुनै पनि संस्थालाई तथ्याङ्क आवश्यक परेमा पालिकामा तोकिएको फारम भरेर तथ्याङ्क प्राप्त गर्न सक्नेछन्। नयाँ व्यवस्था अनुसार परियोजना सकिएपछि अनिवार्य रूपमा तथ्याङ्क अद्यावधिक गर्नुपर्ने सर्त समेत राखिनेछ। ‘दास्ता’ पूर्ण रूपमा सञ्चालनमा आइसकेपछि यसले तथ्याङ्क सङ्कलनमा हुने दोहोरोपना हटाउने, स्रोत साधनको बचत गर्ने र तथ्याङ्कमा एकरूपता ल्याउने विश्वास गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सुदृढ परियोजना संयोजक राजकुमार सुनारले यो प्रणालीलाई नगरपालिकाको स्थायी सम्पत्तिका रूपमा संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो।

नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वडा अध्यक्षहरू र विभिन्न शाखा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व