कैलाली । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय गुणस्तर प्रमाणपत्र (एनएससी) प्राप्त गरेको छ। यस प्रमाणपत्रले कम्पनीका उत्पादनहरू उच्च गुणस्तर, सुरक्षा तथा वातावरणीय मापदण्ड अनुरूप रहेको पुष्टि गरेको कम्पनीले जनाएको छ।
कम्पनीले उत्पादन गर्दै आएका विभिन्न प्रकारका पेन्ट तथा सम्बन्धित सामग्रीहरू अन्तर्राष्ट्रिय स्तरका मापदण्डअनुसार रहेको प्रमाणपत्रले देखाएको उल्लेख गरिएको छ। साथै, यस उपलब्धिले कम्पनीको उत्पादन प्रक्रिया, प्रविधि र गुणस्तर नियन्त्रण प्रणालीप्रति थप जिम्मेवारी बढाएको जनाएको छ।कम्पनीका प्रबन्ध निर्देशक नबिन प्रसाद भट्टले यो सफलता सम्पूर्ण टिमको मेहनत, समर्पण र ग्राहकप्रतिको जिम्मेवारीको परिणाम भएको बताए। उनले आगामी दिनमा अझ उत्कृष्ट गुणस्तरका उत्पादन बजारमा ल्याउँदै उपभोक्ताको विश्वास कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।
हाल कम्पनीको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बलियो बजार सञ्जाल रहेको छ। साथै, काठमाडौंमा कर्पोरेट अफिस तथा बिक्री डिपो स्थापना गरी बागमती प्रदेशका विभिन्न स्थानमा डिलर नियुक्त गरिसकेको छ। गण्डकी, कोशी र मधेश प्रदेशमा समेत डिलर विस्तारको प्रक्रिया अगाडि बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक भट्टले बताउनुभयो।
नेपाल गुणस्तर विभागका महानिर्देशक कुमारी ज्योति जोशीबाट प्रमाणपत्र ग्रहण गर्ने क्रममा कम्पनीका चिफ अपरेसन म्यानेजर अरविन्द कुमार सिंह सहभागी थिए। सिंहसँग बहुराष्ट्रिय तथा अन्य पेन्ट कम्पनीहरूमा टेक्निकल विज्ञका रूपमा काम गरेको दुई दशकभन्दा बढी अनुभव रहेको छ भने गुणस्तरीय पेन्ट उत्पादनको क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव रहेको बताइएको छ।










Discussion about this post