कञ्चनपुर । डोटेली भाषा, कला र संस्कृतिको संरक्षण तथा पहिचान विस्तार गर्ने उद्देश्यका साथ विगत ७ वर्षदेखि निरन्तर सक्रिय रहेको ‘रातोतातो स्टेसन’ले आफ्नो नयाँ सांगीतिक कोसेली ‘सैँया वन्डरफुल’ सार्वजनिक गरेको छ।
सुदूरपश्चिमको मौलिकतालाई आधुनिक सांगीतिक ढाँचामा प्रस्तुत गर्दै आएको रातोतातो स्टेसनले पुन: एकपटक पनि सिर्जनात्मक प्रस्तुति ल्याएको हो।गीतमा रोएट साउदको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई स्वरमा पिंकी बोहराले साथ दिएकी छिन्।
गीतको संगीत संयोजन (बिट प्रोडक्सन) धिराज बलायरले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ आशंक केसीको रहेको छ।सांगीतिक भिडियोको निर्देशन विक्रम क्षेत्रीले गरेका छन्। भिडियोलाई दिपेश सिंह भट्ट र सुनील सिंहले छायांकन गरेका हुन्।
डोटेली भाषा र शैलीलाई युवा पुस्तामाझ लोकप्रिय बनाउन र स्थानीय कलाकारहरूको क्षमतालाई उजागर गर्न ‘सैँया वन्डरफुल’ले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। लामो समयदेखि मौलिक सिर्जनामार्फत पहिचानको लडाइँमा सक्रिय रतोतातो स्टेसनको यो पछिल्लो प्रयासलाई दर्शक र श्रोताले रुचाउने अपेक्षा गरिएको छ।
भिडियो हेर्नुहोस् 👇










Discussion about this post