बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। गम्भीर घाइते भएका थप ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका(७ का बिसनदत्त जोशी, सोही ठाउका २८ वर्षीय दिपक दत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी(७ का १४ वर्षका सुशील जोशी र केदार्स्युका २६ वर्षका केशबराज भट्टको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका वडा नं ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका वडा नं ७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ का ४० वर्षीया पुस्पा अवस्थी रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो।
दुर्घटनामा परी घाइते भएका अन्य ३४ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ५ जनालाई धनगढी रेफर गरिएको छ।
बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा हिजो राती करिब ८ बजेको समयमा पवनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो










Discussion about this post