बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुदा मृत्यु भएक ८ जनाको परिचय खुलेको छ। मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका वडा नं ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका वडा नं ७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ का ४० वर्षीया पुस्पा अवस्थी रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो।
बसमा सवार अन्य ४५ जना घाइते भएको उहाले बताउनुभयो। जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा आज साँझ करिब साढे ६ बजेको समयमा वनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना भएको हो। घाइतेहरुलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिदैछ। बस सडकबाट गरिक २ सय मिटर तल खसेको बताइएको छ।










Discussion about this post