Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालको लगातार तेस्रो हार अमेरिकासँग ४ विकेटले पराजित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक १५, शनिबार १९:२९
नेपालको लगातार तेस्रो हार अमेरिकासँग ४ विकेटले पराजित
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ।

दुबईको आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९।५ ओभरमा अल आउट हुँदै २७१ रन बनाएको थियो।

नेपालले दिएको २७२ रनको विजयी लक्ष्य पछाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै २७३ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

अमेरिकाका लागि मिलिन्द कुमार र साइतेजा मुक्कामल्लाले १२३ रनको साझेदारी गर्दै अमेरिकालाई जितको बाटोमा डोर्‍याएका थिए।

४२।५ ओभरमा सन्दीप लामिछानेको बलिङ स्पेलमा मिलिन्त कुमारले ७० रन बनाउँदै भीम सार्कीको हातमा क्याच भए।

व्यक्तिगततर्फ साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए। उनले १०१ बलमा २ चौका र १ छक्का प्रहार गरे। ४५।२ ओभरमा उनी करण केसीको बलमा कुशल भुर्तेलको हातमा क्याच भए।

अमेरिकाका ओपनरद्वय स्मिथ पटेल र शयान जहांगिरले क्रमशस् १६ र ३६ रन बनाए। कप्तान मोनांक पटेलले २१ रन बनाए। शुभम रन्जानीले १९ रन बनाउँदा सञ्जय कृष्णमूर्ति १५ र हर्मित सिंह १३ रनमा अभिजित रहे।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। गुल्सन झा, करण केसी र नन्दन यादवले १(१ विकेट लिए।

पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

ओपनर ब्याटर कुशल भुर्तेलले ४७ रन बनाउँदा अर्का ओपनर आसिफ शेख २ रनमै बोल्ड आउट भए।

तेस्रो क्रममा आएका भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए। करण केसीले महत्त्वपूर्ण ४९ रनको इनिङ्सले नेपाललाई २७० को आँकडा भेटाउन सहयोग गर्‍यो। सन्दीप लामिछाने ४ रनमा जित रहँदा ललित राजवंशी १ रनमा रनआउट भए।

अमेरिकाको लागि हर्मित सिंहले सर्वाधिक ३ विकेट लिए। सौरभ नेत्रवल्कर र नोस्तुस केन्जीगीले समान २(२ विकेट लिए। जसदीप सिंह र शुभम रञ्जनेले १(१ विकेट लिए।

नेपालले जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भयो।

लिग २ को तालिकामा हाल अमेरिका शीर्ष स्थानमा रहेको छ। २३ खेलमा १७ जित र ६ हारसहित अमेरिकाले ३४ अङ्क जोडेको छ। नेपाल भने १९ खेलबाट ५ जित र १२ हार तथा २ खेलमा अङ्क बाँड्दा १२ अङ्कसहित सातौँ स्थानमा रहेको छ। अन्नपूर्ण पोष्ट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

२०८२ कार्तिक १५, शनिबार १९:२९
दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो
खेलकुद

दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो

२०८२ कार्तिक १५, शनिबार १९:२९
नेपालको शानदार जीत, यूएई पराजित
खेलकुद

नेपालको शानदार जीत, यूएई पराजित

२०८२ कार्तिक १५, शनिबार १९:२९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०८२ कार्तिक १५, शनिबार १९:२९
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०८२ कार्तिक १५, शनिबार १९:२९
विद्यार्थीहरू पढाइबाट वञ्चित हुन नपरोस् भनेर सार्कले ल्यायो बृहत् छात्रवृत्ति योजना

सार्क एजुकेशन फाउण्डेशनले ल्यायो ‘STREAME’ प्रणाली

२०८२ कार्तिक १५, शनिबार १९:२९
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यस्तो छ आजको मौसम

२०८२ कार्तिक १५, शनिबार १९:२९
कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण

कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण

२०८२ कार्तिक १५, शनिबार १९:२९
सरकारद्वारा विभिन्न अध्यादेश सिफारिस, नियुक्ति प्रणालीदेखि सहकारी सुधारसम्म व्यापक परिवर्तनको दाबी

सरकारद्वारा विभिन्न अध्यादेश सिफारिस, नियुक्ति प्रणालीदेखि सहकारी सुधारसम्म व्यापक परिवर्तनको दाबी

२०८२ कार्तिक १५, शनिबार १९:२९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व