सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

सर्लाही – नेपाल-भारतबीचको सीमा छुट्याउने सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको  छ।

दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने , पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाध्ने र बाटो बनाउने जस्ता कार्य गरेका कारण दुई देशलाई छुट्याउने दशगजाको भूमि अतिक्रमणको चपेटामा परेको हो ।

साविकको भाँडसर, बलरा, त्रिभुवन नगर, मधुवनीगोठ मलंगवा, हरिपूर्वा लगायत क्षेत्रमा गाडिएको जंङ्गे पिलर, सहायक पिलर र केही साना पिलरलाई नेपाल-भारत दुवै देशका नागरिकले अतिक्रमण गर्दा अहिले  पिलर ढल्ने अवस्थामा पुगेको स्थानीहरु गुनासाे गर्छन् ।

Mahakali Polytechnic

यसरी दुई देशबीचको सीमा छुट्याउन गाडिएका ३ सय १५ पिलरमध्ये आठवटा जंङ्गे पिलर, २० वटा सहायक पिलर र १४० वटा साना पिलर अत्यन्तै जिर्ण अवस्थामा पुगेको  र दुईवटा साना पिलर हराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

World Link Ads

पूर्वमा संग्रामपुरदेखि पश्चिममा बलरा नगरपालिकासम्मको ४६ किलोमिटर दशगजाको ११ स्थानमा दशगजा अतिक्रमणको चपेटामा परेको छ । बलरा नगरपालिका-४ मा दुवै तर्फबाट दशजगा अतिक्रमण गरी घर बनाउँदा सानो पिलर घर भित्र परेको छ । स्थानीय अक्लेश सहनी भन्नुहुन्छ, ‘घर बनाएर बस्न कतै  खाली जग्गा छैन, सानो छाप्रो बनाएर बसेको छु, भत्काउन परे पनि कुनै चिन्ता छैन ।’

Sana Kishan

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशगजा क्षेत्रमा दुवै देशले ३०/३० फिट दाँया र बायाँ कुनै पनि कार्य गर्न वा घरटहरा बनाइ अतिक्रम गर्न निषेधित गरिएको हुन्छ । सीमास्तम्भलाई सुरक्षित बनाउन  दुवै देशको बराबर दायित्व भए पनि चासो नदेखाएका कारण अधिका‌ंश स्तम्भ जीर्ण अवस्थामा पुगेका हुन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.