आजको पञ्चाङ्ग
वि.सं. कार्तिक ०२, २०८२ । इ.सन् 19 Oct, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४५ (कौलागा) । सिद्धार्थी संवत्सर दक्षिणायन शरद ऋतु । आइतबार कार्तिक कृष्णपक्ष । तिथि त्रयोदशी, १३:५६ बजेपछि चतुर्दशी । नक्षत्र उत्तरफाल्गुनी, १८:५५ बजेपछि हस्त । योग ऐन्द्र, ०३:५४ बजेपछि वैधृति । करण वव, १३:५६ बजेपछि भद्रा, ०२:२४ बजेउप्रान्त शकुनि । चन्द्रराशि कन्या । योग (आनन्दादि) मित्र । दिनमान ११:२२ । सूर्योदय ६:०७ । सूर्यास्त १७:२९ । दिन विशेष : भद्रा १३:५६ देखि २६:२४ बजेसम्म । काग-तिहार, काकबलि । धन्वन्तरी जयन्ती । स्वन्ति च:ह्ने पूजा ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। चिताएको कार्यसम्पादन हुन समय लाग्नेछ। मेहनत र परिश्रम लक्ष्य प्राप्तिमा सहायक हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रचनात्मक वा लेखन कलामा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभचिन्तकहरूको कुरालाई वेवास्था नगर्नुहोस्। व्यापार व्यवसायमा ग्राहकहरूको मन जित्ने प्रयास गर्नुहोला। परिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक कुराको पछि लाग्दा समस्या निम्तिनेछ। रोकिएका कार्यमा सफलता मिल्नेछ। महत्वपूर्ण कार्यहरूलाई योजना बनाएर काम गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। साइनो गास्नेहरूको भरपर्दा दुःख पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) करियरलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। सहयोगीहरूको साथ मिल्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिश्रम अनुसार परिणामको प्राप्ति नहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। सकारात्मक दृष्टिकोण राखेर अगाडि बढ्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राम्रो कर्मफलको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। दाजुभाईमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा प्रभुत्व स्थापित गर्न सकिनेछ। अरुको कुरा सुनेर कुनै निर्णयमा नपुग्नुहोस्। पिताको सहयोगले रोकिएको काम बन्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्मकर्ममा मन लाग्नेछ। भाग्यको साथ पाइनेछ। भविष्यको लागि रुचिको विषयमा लगानी लगाउन सक्नुहुनेछ। संवैधानिक पदको मर्यादा राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोला। नयाँ कार्यको थालनी गर्न उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा राम्रो सफलता हात लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। मानसम्मानमा वृद्धि हुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ । –हाम्रो/नेपाली पात्रोबाट










Discussion about this post