Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा आपतकालीन कार्य सञ्चालन केन्द्रहरूबीच समन्वय बैठक सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
भदौ २, २०८२
कञ्चनपुरमा आपतकालीन कार्य सञ्चालन केन्द्रहरूबीच समन्वय बैठक सम्पन्न
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरमा जिल्ला तथा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरूबीच समन्वय बैठक सम्पन्न भएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डीसीएको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो।

बैठकमा कञ्चनपुर जिल्लाका नौवटै पालिकाका विपद् सम्पर्क व्यक्तिहरू, जिल्ला आपतकालीन सञ्चालन केन्द्रका पदाधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले बैठक जिल्ला विपद् व्यवस्थापनको सन्दर्भमा आयोजना गरिएको बताए। उनले भने, “जिल्लाका सबै पालिकामा रहेका स्थानीय आपतकालीन केन्द्रका विपद् सम्पर्क व्यक्तिहरूसँग बसेर हाल सञ्चालित कार्यक्रमहरू, आवश्यक सामग्रीको उपलब्धता, विगतमा देखिएका समस्याहरू र तिनको समाधान, साथै जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय आपतकालीन केन्द्रहरूबीच समन्वय कसरी बढाउने भन्ने विषयमा छलफल भयो।”

त्यस्तै, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले यो बैठकले विपद् व्यवस्थापनमा समन्वय र तयारीलाई थप प्रभावकारी बनाउने बताए। उनले थपे, “विपद्को समयमा तत्काल प्रतिक्रिया र समन्वय अत्यन्त महत्त्वपूर्ण हुन्छ। यो बैठकले स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायहरूबीच सहकार्यलाई बलियो बनाउनुका साथै विपद् व्यवस्थापनका लागि आवश्यक स्रोतसाधन र रणनीतिहरूको पहिचान गर्न सहयोग पुर्यालएको छ। हामीले विगतका कमजोरीहरूबाट सिकेर आगामी दिनमा थप व्यवस्थित र तीव्र गतिमा काम गर्नेछौँ।” उनले स्थानीय, जिल्ला र प्रदेश स्तरीय आपतकालीन कार्य सञ्चालन केन्द्र बीचको प्रभावकारी सम्बन्ध र समन्वय माथि जोड दिँदै यसले विपद् जोखिम न्यूनिकरणमा महत्त्वपूर्ण योगदान पुऱ्याउने विश्वास व्यक्त गरे।

एनएनएसडब्लुएका सुदृढ परियोजना संयोजक राजकुमार सुनारले बैठकमा नौवटै पालिकाका विपद् सम्पर्क व्यक्तिहरूसँग विपद्का लागि हाल गरिएका तयारी र आगामी दिनमा गर्न सकिने कार्यहरूबारे छलफल भएको जानकारी दिए।

बैठकमा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। यो बैठकले कञ्चनपुर जिल्लामा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भायानेटको वाईफाई ६ र ViaTv अफर
देश/राष्ट्रिय

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व