Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपिएल: सर्वाधिक रकममा विक्री भएका चार खेलाडीको कस्तो छ विगत ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २६, २०८२
एनपीएल मिनी अक्सनबाट ३७ खेलाडी अनुबन्ध
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि मिनी अक्सनमा चार खेलाडी १५ लाखमा विक्री भए ।

ए क्याटेगोरीमा कुल ९ खेलाडी थिए । तीमध्ये मोहम्मद अदिल आलम, पवन सर्राफ, देव खनाल र अर्जुन साउदका लागि एकभन्दा बढी टोलीले बोली लगाएपछि अधिकतम मूल्यमा विक्री भए । यी खेलाडीको विगत कस्तो छ त ? केही तथ्यहरु बुझौँ ।

दुई खेलाडी खराब लयबाट गुज्रिरहेका छन् भने दुई खेलाडी फरक कारणले लामो समयपछि ठूला प्रतिष्पर्धा खेल्दैछन् । अदिल र सराफ दुवै उत्कृष्ट अलराउण्डर हुन् । नेपाली यु–१९ क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका देव र अर्जुन ब्याटर हुन् । झन्डै दुई वर्षभन्दा बढी समय प्रतिवन्धमा परेपछि अदिलले पहिलोपल्ट एनपिएल खेल्दैछन् । पवनले पनि चोटका कारण पहिलो संस्करण गुमाएका थिए ।

अर्जुन गत संस्करण लुम्बिनी लायन्सबाट र देवले कर्णाली एक्सबाट खेलेका थिए । तर दुवैलाई अक्शन अगाडि फ्रेन्चाइज टोलीले रिलिज गरे । विकेटकिपर ब्याटर अर्जुन पछिल्लो समय राम्रो फर्ममा छैनन् ।

देवले पनि लय समात्न संघर्ष गरिरहेका छन् । त्यसैले यी दुवैले लागि टोलीमा स्थान बनाउन धेरै मेहनत गर्नुपर्नेछ । यता हार्ड हिटरद्वय अदिल र पवनले पनि ठूलो स्टेजमा आफूलाई प्रमाणित गर्नुपर्नेछ । २०७९ पछि पहिलोपल्ट आधिकारिक आधिकारिक प्रतियोगितामा खेल्न लागेका अदिलका लागि सहज हुनेछैन ।

पवनले भने गत मार्चमा एकदिवसीय फम्र्याटको पिएम कप खेलेका थिए । त्यहाँ उनले दुई अर्धशतक बनाएका थिए । तर स्टार खेलाडीले भरिने टी ट्वान्टी फम्र्याटको एनपिएलमा उनका लागि सहज भने हुनेछैन । मध्यक्रममा ब्याटिङ गर्ने पवन बलिङमा पनि उत्कृष्ट योगदान गर्न सक्छन् । यता अदिल पनि एक समय नेपाली टोलीका उत्कृष्ट अलराउण्डर हुन् ।

तर उनले त्यो लय फर्काउन समय लगाउन सक्छन् । नेपाली टोली हेरिसकेका मोन्टी देसाईले उनको पुनरागमनमा महत्वपूर्ण भुमिका खेल्न सक्छन् । मिनी अक्सनमा यी चारै खेलाडीमाथि सबै फ्रेन्चाइज टोलीले क्षमता देखेर नै सर्वाधिक बोली लगाएका हुन् ।

अक्शनबाट नेपाल प्रिमियर लिग सिजन २ का लागि पवन सर्राफ १५ लाख रुपैयाँमा गोलाप्रथाबाट कर्णाली याक्समा विक्री भएका छन् । एनपिएल क्रिकेट सिजन–२ को मिनी अक्शनमा आदिल आलम सर्वाधिक रकममा विक्री हुने खेलाडीमा रहे । उनलाई सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाएको थियो ।

तर काठमाण्डु गोर्खाज भाग्यमानी बन्दै दिललाई आफ्नो टोलीमा ल्याउन सफल भयो । ‘ए’ श्रेणीमा रहेका आदिलको न्युनतम १० लाख मूल्यबाट शुरु भएको थियो । सबै ८ टोलीले अधिकतम १५ लाखसम्म बोली लगाएपछि गोलाप्रथामा अदिललाई गोर्खाजले पाएको थियो ।

गत वर्ष पहिलो संस्करणको अक्शनमा १४ मध्ये लक्की ‘ड्र’ मा १२ पटक अभागी भएको गोर्खाजले यसपालि अक्शनमा सबैभन्दा बढी प्रतीक्षाको खेलाडी बनेका अदिल पाउन सफल भयो ।

क्याटोगोरी “ए“ का पवनको न्युनतम रकम १० लाख रुपैयाँ हो । उनीमाथि कर्णाली याक्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स र चितवन राइनोजले बोली लगाएका थिए । कर्णालीले अक्सनमा पहिलो खेलाडी खरिद गरेको हो । एनपिएलको दोस्रो संस्करणको अक्सनमा अर्का विकेटकिपर अर्जुन आउद गोलाप्रथाबाट चितवन राइनोज पुगे ।

अर्जुन १५ लाख रुपैयाँमा गोलाप्रथाबाट किन्न चितवन भाग्यमानी भएको हो । क्याटोगोरी ए का अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किंग्स र चितवनले बोली लगाएका थिए । अर्जुनको न्युनतम रकम १० लाख रुपैयाँ हो । यसअघि देव खनाल र हेमन्त धामी गोलाप्रथाबाट विक्री भए । देव खनालमाथि १५ लाखको बोली लागेको थियो ।

नेपाल प्रिमियर लिगको अक्सनमा चितवन राइनोज र लुम्बिनी लायन्सले १५ लाख नै बोली लगाए । त्यसपछि गोलाप्रथाबाट चितवन राइनोजले उनलाई भित्र्याउन सफल भयो । उनी यसअघि कर्णाली याक्समा थिए । दुईवटा खेलमा उनले महत्वपूर्ण इनिङ पनि खेलेका थिए ।

अर्का खेलाडी सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा अनुवन्ध भएका छन् । गत सिजन १५ लाखमा लुम्बिनी लायन्समा थिए । लुम्बिनीले उनलाई यसवर्ष रिलिज गरेको थियो । क्याटोगोरी ए का सूर्यमाथि विराटनगरले न्युनतम रकम १० लाख रुपैयाँमा खरिद गरेको हो । सूर्यमाथि विराटनगरले मात्र बोली लगाएको थियो ।

नेपाल यु–१९ टिमका कप्तान धामी एनपीएलको दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुवन्ध भएका छन् । क्याटोगोरी ‘बी’ का हेमन्तको न्युनतम रकम ५ लाख रुपैयाँ थियो । पोखरा, लुम्बिनी, सुदूरपश्चिम र जनकपुरले हेमन्तका लागि बोली लगाएका थिए । गोलाप्रथाबाट हेमन्त १० लाख रुपैयाँमा विक्री भए ।

नेपाल पुलिस क्लबका विकेटकिपर दिलीप नाथ दोस्रो सिजनको एनपिएलका लागि लुम्बिनी लायन्समा आवद्ध भएका छन् । उनी १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा आवद्ध भएका हुन् । उनी पहिलो सिजनमा पोखरा एभेन्जर्सका लागि खेलेका थिए ।

बायाँ हाते अलराउण्डर सन्तोष यादव काठमाडौं गोर्खाजमा आवद्ध भएका छन् । उनी पनि लक्की ड्रमार्फत काठमाडौंमा आवद्ध भएका हुन् ।

क्याटगोरी बी का खेलाडी सन्तोष अधिकतम मूल्य १० लाखमा विक्री भए । काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले अधिकतम् मूल्यमा बोली लगाउँदा लक्की ड्रमा काठमाडौंले सन्तोषलाई आफ्नो बनायो ।

एनपिएलको दोस्रो संस्करणका अक्सनबाट जनकपुर बोल्ट्सले आदित्य महतालाई लक्की ‘ड्र’मार्फत पायो । ‘सी’ क्याटागोरीका आदित्यका निम्ति जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले अधिकतम मूल्य पाँच लाख रुपैयाँसम्म बोली लगाएका थिए । त्यसपछि लक्की ‘ड्र’ हुँदा जनकपुरले बाजी मारेको हो ।

त्यस्तै, अक्सनबाट लुम्बिनी लायन्सले विशाल पटेललाई अनुवन्ध गरेको छ । ‘सी’ क्याटागोरीका विशालका लागि पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले अधिकतम मूल्य पाँच लाख रुपैयाँसम्म बोली लगाएका थिए । त्यसपछि लक्की ‘ड्र’ हुँदा लुम्बिनीले बाजी मारेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा
खेलकुद

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो
खेलकुद

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

बैशाख १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व