Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपिएल: सर्वाधिक रकममा विक्री भएका चार खेलाडीको कस्तो छ विगत ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण २६, सोमबार ०७:२७
एनपीएल मिनी अक्सनबाट ३७ खेलाडी अनुबन्ध
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि मिनी अक्सनमा चार खेलाडी १५ लाखमा विक्री भए ।

ए क्याटेगोरीमा कुल ९ खेलाडी थिए । तीमध्ये मोहम्मद अदिल आलम, पवन सर्राफ, देव खनाल र अर्जुन साउदका लागि एकभन्दा बढी टोलीले बोली लगाएपछि अधिकतम मूल्यमा विक्री भए । यी खेलाडीको विगत कस्तो छ त ? केही तथ्यहरु बुझौँ ।

दुई खेलाडी खराब लयबाट गुज्रिरहेका छन् भने दुई खेलाडी फरक कारणले लामो समयपछि ठूला प्रतिष्पर्धा खेल्दैछन् । अदिल र सराफ दुवै उत्कृष्ट अलराउण्डर हुन् । नेपाली यु–१९ क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका देव र अर्जुन ब्याटर हुन् । झन्डै दुई वर्षभन्दा बढी समय प्रतिवन्धमा परेपछि अदिलले पहिलोपल्ट एनपिएल खेल्दैछन् । पवनले पनि चोटका कारण पहिलो संस्करण गुमाएका थिए ।

अर्जुन गत संस्करण लुम्बिनी लायन्सबाट र देवले कर्णाली एक्सबाट खेलेका थिए । तर दुवैलाई अक्शन अगाडि फ्रेन्चाइज टोलीले रिलिज गरे । विकेटकिपर ब्याटर अर्जुन पछिल्लो समय राम्रो फर्ममा छैनन् ।

देवले पनि लय समात्न संघर्ष गरिरहेका छन् । त्यसैले यी दुवैले लागि टोलीमा स्थान बनाउन धेरै मेहनत गर्नुपर्नेछ । यता हार्ड हिटरद्वय अदिल र पवनले पनि ठूलो स्टेजमा आफूलाई प्रमाणित गर्नुपर्नेछ । २०७९ पछि पहिलोपल्ट आधिकारिक आधिकारिक प्रतियोगितामा खेल्न लागेका अदिलका लागि सहज हुनेछैन ।

पवनले भने गत मार्चमा एकदिवसीय फम्र्याटको पिएम कप खेलेका थिए । त्यहाँ उनले दुई अर्धशतक बनाएका थिए । तर स्टार खेलाडीले भरिने टी ट्वान्टी फम्र्याटको एनपिएलमा उनका लागि सहज भने हुनेछैन । मध्यक्रममा ब्याटिङ गर्ने पवन बलिङमा पनि उत्कृष्ट योगदान गर्न सक्छन् । यता अदिल पनि एक समय नेपाली टोलीका उत्कृष्ट अलराउण्डर हुन् ।

तर उनले त्यो लय फर्काउन समय लगाउन सक्छन् । नेपाली टोली हेरिसकेका मोन्टी देसाईले उनको पुनरागमनमा महत्वपूर्ण भुमिका खेल्न सक्छन् । मिनी अक्सनमा यी चारै खेलाडीमाथि सबै फ्रेन्चाइज टोलीले क्षमता देखेर नै सर्वाधिक बोली लगाएका हुन् ।

अक्शनबाट नेपाल प्रिमियर लिग सिजन २ का लागि पवन सर्राफ १५ लाख रुपैयाँमा गोलाप्रथाबाट कर्णाली याक्समा विक्री भएका छन् । एनपिएल क्रिकेट सिजन–२ को मिनी अक्शनमा आदिल आलम सर्वाधिक रकममा विक्री हुने खेलाडीमा रहे । उनलाई सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाएको थियो ।

तर काठमाण्डु गोर्खाज भाग्यमानी बन्दै दिललाई आफ्नो टोलीमा ल्याउन सफल भयो । ‘ए’ श्रेणीमा रहेका आदिलको न्युनतम १० लाख मूल्यबाट शुरु भएको थियो । सबै ८ टोलीले अधिकतम १५ लाखसम्म बोली लगाएपछि गोलाप्रथामा अदिललाई गोर्खाजले पाएको थियो ।

गत वर्ष पहिलो संस्करणको अक्शनमा १४ मध्ये लक्की ‘ड्र’ मा १२ पटक अभागी भएको गोर्खाजले यसपालि अक्शनमा सबैभन्दा बढी प्रतीक्षाको खेलाडी बनेका अदिल पाउन सफल भयो ।

क्याटोगोरी “ए“ का पवनको न्युनतम रकम १० लाख रुपैयाँ हो । उनीमाथि कर्णाली याक्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स र चितवन राइनोजले बोली लगाएका थिए । कर्णालीले अक्सनमा पहिलो खेलाडी खरिद गरेको हो । एनपिएलको दोस्रो संस्करणको अक्सनमा अर्का विकेटकिपर अर्जुन आउद गोलाप्रथाबाट चितवन राइनोज पुगे ।

अर्जुन १५ लाख रुपैयाँमा गोलाप्रथाबाट किन्न चितवन भाग्यमानी भएको हो । क्याटोगोरी ए का अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किंग्स र चितवनले बोली लगाएका थिए । अर्जुनको न्युनतम रकम १० लाख रुपैयाँ हो । यसअघि देव खनाल र हेमन्त धामी गोलाप्रथाबाट विक्री भए । देव खनालमाथि १५ लाखको बोली लागेको थियो ।

नेपाल प्रिमियर लिगको अक्सनमा चितवन राइनोज र लुम्बिनी लायन्सले १५ लाख नै बोली लगाए । त्यसपछि गोलाप्रथाबाट चितवन राइनोजले उनलाई भित्र्याउन सफल भयो । उनी यसअघि कर्णाली याक्समा थिए । दुईवटा खेलमा उनले महत्वपूर्ण इनिङ पनि खेलेका थिए ।

अर्का खेलाडी सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा अनुवन्ध भएका छन् । गत सिजन १५ लाखमा लुम्बिनी लायन्समा थिए । लुम्बिनीले उनलाई यसवर्ष रिलिज गरेको थियो । क्याटोगोरी ए का सूर्यमाथि विराटनगरले न्युनतम रकम १० लाख रुपैयाँमा खरिद गरेको हो । सूर्यमाथि विराटनगरले मात्र बोली लगाएको थियो ।

नेपाल यु–१९ टिमका कप्तान धामी एनपीएलको दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुवन्ध भएका छन् । क्याटोगोरी ‘बी’ का हेमन्तको न्युनतम रकम ५ लाख रुपैयाँ थियो । पोखरा, लुम्बिनी, सुदूरपश्चिम र जनकपुरले हेमन्तका लागि बोली लगाएका थिए । गोलाप्रथाबाट हेमन्त १० लाख रुपैयाँमा विक्री भए ।

नेपाल पुलिस क्लबका विकेटकिपर दिलीप नाथ दोस्रो सिजनको एनपिएलका लागि लुम्बिनी लायन्समा आवद्ध भएका छन् । उनी १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा आवद्ध भएका हुन् । उनी पहिलो सिजनमा पोखरा एभेन्जर्सका लागि खेलेका थिए ।

बायाँ हाते अलराउण्डर सन्तोष यादव काठमाडौं गोर्खाजमा आवद्ध भएका छन् । उनी पनि लक्की ड्रमार्फत काठमाडौंमा आवद्ध भएका हुन् ।

क्याटगोरी बी का खेलाडी सन्तोष अधिकतम मूल्य १० लाखमा विक्री भए । काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले अधिकतम् मूल्यमा बोली लगाउँदा लक्की ड्रमा काठमाडौंले सन्तोषलाई आफ्नो बनायो ।

एनपिएलको दोस्रो संस्करणका अक्सनबाट जनकपुर बोल्ट्सले आदित्य महतालाई लक्की ‘ड्र’मार्फत पायो । ‘सी’ क्याटागोरीका आदित्यका निम्ति जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले अधिकतम मूल्य पाँच लाख रुपैयाँसम्म बोली लगाएका थिए । त्यसपछि लक्की ‘ड्र’ हुँदा जनकपुरले बाजी मारेको हो ।

त्यस्तै, अक्सनबाट लुम्बिनी लायन्सले विशाल पटेललाई अनुवन्ध गरेको छ । ‘सी’ क्याटागोरीका विशालका लागि पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले अधिकतम मूल्य पाँच लाख रुपैयाँसम्म बोली लगाएका थिए । त्यसपछि लक्की ‘ड्र’ हुँदा लुम्बिनीले बाजी मारेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने
खेलकुद

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण २६, सोमबार ०७:२७
वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता
खेलकुद

वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

२०८२ श्रावण २६, सोमबार ०७:२७
नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!
खेलकुद

नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

२०८२ श्रावण २६, सोमबार ०७:२७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २६, सोमबार ०७:२७
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण २६, सोमबार ०७:२७
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण २६, सोमबार ०७:२७
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण २६, सोमबार ०७:२७
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण २६, सोमबार ०७:२७
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण २६, सोमबार ०७:२७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व