काठमाडौं । कतारमा आयोजना हुने एसीसी राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि कप्तान लामिछानेसहित १५ खेलाडी सम्मिलित टोली सार्वजनिक गरेको हो।
घोषित टोलीमा सन्दीप लामिछाने, बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, राशिद खान, लोकेश बम र नन्दन यादव रहेका छन्।
मंसिर ३ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।
त्यस्तै, समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।
नेपालले प्रतियोगितामा एसियाका बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ।










Discussion about this post