Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २४, २०८३
नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास पुनःस्थापित गर्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले सभापतिको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए। नेतृत्व परिवर्तन हुँदैमा पार्टी नबदलिने उल्लेख गर्दै उनले काम गर्ने शैली, जिम्मेवारी र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताए।

महाधिवेशनमा प्रतिस्पर्धा भए पनि अब सबै नेता तथा कार्यकर्ता एकजुट भएर नागरिकको विश्वास जित्न लाग्नुपर्ने उनको भनाइ थियो। सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीसहित सबैलाई साथमा लिएर अघि बढ्ने उनले बताए।

थापाले किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत भरोसा गर्ने पार्टी निर्माण गर्ने प्रतिबद्धता जनाए। कांग्रेसलाई माया गर्ने शुभेच्छुकलाई पुनः पार्टीसँग जोड्न काम गर्ने शैली बदल्नुपर्नेमा उनले जोड दिए।

उनले कांग्रेस गलत व्यक्तिको पक्षमा नउभिने र कसैको अनुचित भार नबोक्ने स्पष्ट पारे। कानुन सबैका लागि समान हुनुपर्ने उल्लेख गर्दै गल्ती गर्ने व्यक्तिले त्यसको जवाफदेहिता आफैँ लिनुपर्ने उनको भनाइ थियो।

महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गरी प्राप्त सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने पनि थापाले जानकारी दिए। पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाटै परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ
फ्ल्यास हेडिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक
फ्ल्यास हेडिङ

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता
फ्ल्यास हेडिङ

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३
नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

अशोज २४, २०८३
प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

अशोज २४, २०८३
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

अशोज २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व