Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल संघीय समाजवादी पार्टीको बारा जिल्ला समिति पुनर्गठन, मंसिर २० मा अधिवेशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १८, २०८३
नेपाल संघीय समाजवादी पार्टीको बारा जिल्ला समिति पुनर्गठन, मंसिर २० मा अधिवेशन
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

कलैया । नेपाल संघीय समाजवादी पार्टीको बारा जिल्ला समितिको बैठकले संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै जिल्लामा राजनीतिक गतिविधि तीव्र बनाउने निर्णय गरेको छ।

बैठकले नुरुल्लाह मियाँको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा जमालुद्दिन मियाँ, सचिवमा बौवा लाल ठाकुर र कोषाध्यक्षमा नसारुद्दिन देवान चयन भएका छन्।

पार्टीले आगामी मंसिर २० गते कलैयामा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। अधिवेशनका लागि आवश्यक तयारी अघि बढाउने तथा संगठन विस्तारलाई प्राथमिकता दिने बैठकले निर्णय गरेको हो।

त्यस्तै, आगामी तीन महिनाभित्र बारा जिल्लाका सबै नगरपालिका, गाउँपालिका, निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पार्टी संगठन निर्माण र विस्तार गर्ने लक्ष्य तय गरिएको छ। साधारण तथा सक्रिय सदस्यता वितरणलाई तीव्रता दिँदै पार्टीलाई जनताको घरदैलोसम्म पुर्‍याउने निर्णय पनि बैठकले गरेको छ।

पार्टीका गतिविधि सञ्चालनलाई व्यवस्थित बनाउन कलैयामा जिल्ला पार्टी कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ।

‘राजनीतिक उपलब्धिको संरक्षणका लागि संगठन बलियो बनाउनुपर्छ’

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा प्राप्त उपलब्धि र जनअधिकारको संरक्षणका लागि बलियो संगठन आवश्यक रहेको बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय, समानता, समावेशिता तथा संघीयताको प्रभावकारी कार्यान्वयनलाई पार्टीको प्राथमिकतामा राखेर राजनीतिक अभियान अघि बढाउने बताए।

अन्सारीले संगठनलाई कागजमा सीमित नराखी जनताको घरदैलोसम्म पुगेर उनीहरूका समस्या र अधिकारका सवालसँग जोडिन नेता–कार्यकर्तालाई आग्रह गरे। उनले बारा जिल्लामा संगठन विस्तारलाई अभियानकै रूपमा अघि बढाउन निर्देशनसमेत दिए।

नवनिर्मित जिल्ला समितिलाई बधाई दिँदै अन्सारीले बारा जिल्लामा पार्टीलाई बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सक्रियतापूर्वक लाग्न आग्रह गरे।

बैठकमा मधेश प्रदेशका पूर्व गृह, कानून तथा सञ्चारमन्त्री एवं प्रदेशसभा सदस्य विमला अन्सारी, पार्टीका केन्द्रीय सदस्य नासिर शेख, मुफ्ती मुइनुद्दिन, बारा जिल्ला इन्चार्ज कलामुद्दिन हवारीलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा
कला/संस्कृति

तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा

कार्तिक २२, २०८३
सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह
फ्ल्यास हेडिङ

सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान
अर्थतन्त्र

कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कार्तिक २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा

तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा

कार्तिक २२, २०८३
सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कार्तिक २१, २०८३
चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित

चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित

कार्तिक २१, २०८३
तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात

तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात

कार्तिक २१, २०८३
लक्ष्मीपूजामा विद्युत्को माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन पर्याप्त हुने

लक्ष्मीपूजामा विद्युत्को माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन पर्याप्त हुने

कार्तिक २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व