Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आईपीओको पाइपलाइनमा ११२ कम्पनी, ७१ अर्बभन्दा बढी पुँजी जुटाउने तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १७, २०८३
आईपीओको पाइपलाइनमा ११२ कम्पनी, ७१ अर्बभन्दा बढी पुँजी जुटाउने तयारी
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा प्राथमिक सेयर निष्कासन (आईपीओ) मार्फत पुँजी जुटाउने तयारी गर्ने कम्पनीको संख्या बढ्दै गएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनका लागि ११२ कम्पनी प्रक्रियामा रहेका छन्।

यी कम्पनीले कुल ४९ करोड ६४ लाख १५ हजार ५२० कित्ता सेयर निष्कासन गरी ७१ अर्ब २४ करोड १३ लाख ८० हजार रुपैयाँ पुँजी जुटाउने प्रस्ताव गरेका छन्।

वास्तविक क्षेत्रका उद्योग तथा व्यवसायलाई पुँजी बजारमा ल्याउने सरकारी नीति, व्यवसाय विस्तारका लागि थप पुँजीको आवश्यकता र प्राथमिक बजारप्रति लगानीकर्ताको आकर्षणका कारण आईपीओको पाइपलाइन ठूलो बन्दै गएको देखिएको छ।

तर आईपीओ निष्कासनका लागि ठूलो संख्यामा कम्पनी प्रक्रियामा रहे पनि दोस्रो बजारको कारोबार तथा माग अपेक्षाकृत सुस्त रहेको लगानीकर्ताहरूको भनाइ छ। त्यसैले कम्पनीको संख्या बढाउनेभन्दा वित्तीय रूपमा सबल र गुणस्तरीय कम्पनीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

लगानीकर्ता छोटेलाल रौनियारले कानुनी तथा वित्तीय मापदण्ड पूरा गरेका कम्पनीलाई आईपीओ निष्कासनबाट रोक्न नहुने बताए। उनका अनुसार नियामकले कम्पनीको वित्तीय अवस्था, नेटवर्थ र लगानीकर्ताको जोखिमलाई ध्यानमा राखेर स्पष्ट मापदण्ड बनाउन आवश्यक छ।

उत्पादन तथा प्रशोधन क्षेत्र अगाडि

प्रस्तावित निष्कासन रकमका आधारमा उत्पादन तथा प्रशोधन क्षेत्र सबैभन्दा अगाडि छ। यस क्षेत्रका ३२ कम्पनीले ३५ अर्ब ७१ करोड ४ लाख १३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्।

यी कम्पनीले १७ करोड ४१ लाख ९१ हजार ३०३ कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव गरेका छन्। जगदम्बा स्टिल्स, शौर्य सिमेन्ट इन्डस्ट्रिज, मारुती सिमेन्ट्स, लक्ष्मी टेक्नोप्लास्ट, श्री डिस्टिलरी, भूगर्भ सिमेन्ट, ऋद्धिसिद्धि सिमेन्ट, आम्बे स्टिल्सलगायत कम्पनी यस समूहमा छन्।

केही कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्तावसमेत गरेका छन्। जगदम्बा स्टिल्सले प्रतिसेयर ३३० रुपैयाँ प्रिमियमसहित सेयर निष्कासनका लागि अनुमति मागेको छ।

कम्पनी संख्यामा जलविद्युत् अगाडि

आईपीओ पाइपलाइनमा रहेका कम्पनीको संख्याका आधारमा जलविद्युत् क्षेत्र अगाडि देखिएको छ। यस क्षेत्रका ३५ कम्पनीले १७ अर्ब ७८ करोड ३८ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन प्रक्रिया अघि बढाएका छन्।

उनीहरूले कुल १७ करोड ४२ लाख ९१ हजार २३६ कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव गरेका छन्।

रिछेत जलविद्युत्, हिम रिभर पावर, लोअर एरखुवा हाइड्रोपावर, एपेक्स मकालु हाइड्रोपावर, गौरीशंकर पावर डेभलपमेन्ट, सिउरी न्यादी पावर, आशुतोष इनर्जी, पुवा खोला–१ हाइड्रोपावरलगायत कम्पनी आईपीओको तयारीमा छन्।

पर्यटन क्षेत्रको सहभागिता पनि बढ्दै

पर्यटन तथा आतिथ्य क्षेत्रका १८ कम्पनी आईपीओ पाइपलाइनमा छन्। यी कम्पनीले ६ अर्ब ४५ करोड १३ लाख ९३ हजार रुपैयाँ बराबरको ५ करोड ८२ लाख १३ हजार ९३० कित्ता सेयर निष्कासनका लागि प्रस्ताव गरेका छन्।

यस समूहमा होटल, रिसोर्ट, केवलकार तथा उड्डयन क्षेत्रका कम्पनी छन्। एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अकामा होटल, ठमेल प्लाजा होटल एन्ड सुइट्स, माउन्टेन ग्लोरी, मौलाकाली केवलकार, नगरकोट रिसोर्ट, श्री एयरलाइन्सलगायत कम्पनी आईपीओको प्रक्रियामा रहेका छन्।

लगानी क्षेत्रका ९ कम्पनी प्रक्रियामा

लगानी क्षेत्रका ९ कम्पनीले ४ अर्ब ४५ करोड १३ लाख ६६ हजार रुपैयाँ बराबरको ३ करोड २० लाख ५३ हजार ६६२ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।

बरुण इन्भेस्टमेन्ट, सिड इनर्जी, शिवम् होल्डिङ्स, शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट, इस्टर्न सहारा, टिम भेन्चर्स, कालिञ्चोक इन्भेस्टमेन्टलगायत कम्पनी यस समूहमा छन्। शिवम् होल्डिङ्सले पनि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ।

त्यसैगरी अस्पताल, मिडिया, हेलिकप्टर, सौर्य ऊर्जा तथा अन्य सेवामूलक क्षेत्रका कम्पनी पनि आईपीओ निष्कासनको तयारीमा छन्।

लघुबिमा क्षेत्रका ३ कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति मागेका छन्। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सलगायत कम्पनी यस सूचीमा छन्।

यसरी हेर्दा उत्पादन, जलविद्युत्, पर्यटन, लगानी, बीमा तथा अन्य सेवा क्षेत्रका कम्पनीको सहभागितासँगै नेपालको प्राथमिक सेयर बजारमा आईपीओको पाइपलाइन थप विविध बन्दै गएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम
फ्ल्यास हेडिङ

भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

कार्तिक २२, २०८३
यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
खेलकुद

यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

कार्तिक २२, २०८३
लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु
खेलकुद

लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु

कार्तिक २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

कार्तिक २२, २०८३
यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

कार्तिक २२, २०८३
लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु

लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु

कार्तिक २२, २०८३
तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा

तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा

कार्तिक २२, २०८३
सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कार्तिक २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व