Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लुम्बिनीको विकासलाई परिणाममुखी बनाउने गरी काम भइरहेको छ : मुख्यमन्त्री आचार्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १६, २०८३
लुम्बिनीको विकासलाई परिणाममुखी बनाउने गरी काम भइरहेको छ : मुख्यमन्त्री आचार्य
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन्।

जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकासका क्षेत्रमा आवश्यक पहल गरिरहेको बताए।

उनले सरकारले गरेका कामको मूल्यांकन परिणामका आधारमा हुनुपर्ने बताउँदै जनताले अब विकासको प्रतिफल खोजिरहेको उल्लेख गरे। विकासका लागि पहल भइरहेको भन्दै उनले आलोचनाभन्दा कामको परिणाममा ध्यान दिनुपर्ने बताए।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

संघीय सरकारअन्तर्गतका कतिपय आयोजना बजेट अभावलगायत कारणले अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले त्यस्ता आयोजना अघि बढाउन संघीय सरकारसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए। संघीय सरकारका ससर्त कार्यक्रम तथा आयोजनामा बजेट रोकिँदा प्रदेशका जिल्लामा विकास निर्माण प्रभावित भएको उनको भनाइ थियो।

अर्घाखाँचीमा मात्रै संघीय सरकारका २७ वटा ससर्त आयोजना रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले विनियोजित बजेट र आयोजनाको कार्यान्वयन अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।

उनले विकास आयोजनाको मूल्यांकन राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा नभई आवश्यकता र परिणामका आधारमा गर्नुपर्ने बताए। राम्रो काम गर्ने कार्यालय तथा कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उनले जोड दिए।

वनसम्बन्धी कानुन संशोधन नहुँदा प्रदेश तथा स्थानीय तहको विकास र राजस्व संकलनमा असर परेको मुख्यमन्त्री आचार्यले बताए। वन तथा नदीजन्य पदार्थबाट अपेक्षित राजस्व संकलन हुन नसकेको भन्दै उनले कानुनी तथा नीतिगत सुधारका लागि संघीय सरकारसँग निरन्तर पहल भइरहेको जानकारी दिए।

लुम्बिनी प्रदेशमा पछिल्लो समय पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, सिँचाइ तथा सडक क्षेत्रमा उल्लेख्य काम भएको उनको दाबी थियो। अर्घाखाँचीमा पक्की तथा झोलुङ्गे पुल निर्माण, सिँचाइ पूर्वाधार विस्तार, विद्युतीकरण, विद्यालयको भौतिक सुधार तथा आधारभूत अस्पतालमा चिकित्सक पठाउने काम भएको उनले बताए।

मुख्यमन्त्री आचार्यले विकासको वर्तमान अवस्थालाई विगतसँग तुलना गरेर मूल्यांकन गर्नुपर्ने बताए। २०७४ सालअघिको अवस्था र त्यसपछि भएका विकासलाई हेर्दा विभिन्न क्षेत्रमा पूर्वाधार तथा सेवा विस्तार भएको उनको भनाइ थियो।

लुम्बिनी प्रदेशको विकासलाई थप प्रभावकारी बनाउन संघीय सरकार र स्थानीय तहसँगको समन्वयलाई अझ मजबुत बनाउँदै लैजाने मुख्यमन्त्री आचार्यले बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम
कला/संस्कृति

१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम

अशोज १७, २०८३
दशैं बिदामा विद्यार्थी लक्षित सात दिने आवासीय प्रशिक्षण सञ्चालन गर्दै हिन्दू स्वयंसेवक संघ
खेलकुद

दशैं बिदामा विद्यार्थी लक्षित सात दिने आवासीय प्रशिक्षण सञ्चालन गर्दै हिन्दू स्वयंसेवक संघ

अशोज १७, २०८३
गेलको कीर्तिमान तोड्दै प्रेटोरियसले बनाए १८८ रन, टी–२० मा नयाँ रेकर्ड
खेलकुद

गेलको कीर्तिमान तोड्दै प्रेटोरियसले बनाए १८८ रन, टी–२० मा नयाँ रेकर्ड

अशोज १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम

१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम

अशोज १७, २०८३
दशैं बिदामा विद्यार्थी लक्षित सात दिने आवासीय प्रशिक्षण सञ्चालन गर्दै हिन्दू स्वयंसेवक संघ

दशैं बिदामा विद्यार्थी लक्षित सात दिने आवासीय प्रशिक्षण सञ्चालन गर्दै हिन्दू स्वयंसेवक संघ

अशोज १७, २०८३
गेलको कीर्तिमान तोड्दै प्रेटोरियसले बनाए १८८ रन, टी–२० मा नयाँ रेकर्ड

गेलको कीर्तिमान तोड्दै प्रेटोरियसले बनाए १८८ रन, टी–२० मा नयाँ रेकर्ड

अशोज १७, २०८३
फ्रान्समा विद्यार्थी आन्दोलन देशभर फैलियो, ५६० भन्दा बढी विद्यालय प्रभावित

फ्रान्समा विद्यार्थी आन्दोलन देशभर फैलियो, ५६० भन्दा बढी विद्यालय प्रभावित

अशोज १७, २०८३
विश्व बैंक अध्यक्षको निमन्त्रणामा अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

विश्व बैंक अध्यक्षको निमन्त्रणामा अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

अशोज १७, २०८३
ललितपुरका सम्पदा र संस्कृति संरक्षणमा आवश्यक कानून बनाउने सभामुख अर्यालको प्रतिबद्धता

ललितपुरका सम्पदा र संस्कृति संरक्षणमा आवश्यक कानून बनाउने सभामुख अर्यालको प्रतिबद्धता

अशोज १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व