जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान सवा ९ बजे तोकाइ सिटिजन जिम्नेसियममा हुनेछ।
समूह ‘बी’मा श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईसँग खेलेको नेपालले अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ अंकले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। सेमिफाइनल प्रवेशसँगै नेपालले महिला कबड्डीमा पदक पक्का गरिसकेको छ।
यता, समूह ‘ए’को विजेता भारतले इरान, जापान र बंगलादेशलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। भारतले समूह चरणको अन्तिम खेलमा जापानलाई ५०–२५ अंकले हराएको थियो।
महिला कबड्डीको अर्को सेमिफाइनल आजै बेलुकी ६ बजे हुनेछ भने स्वर्ण पदकका लागि फाइनल खेल भोलि दिउँसो १ बजे हुने तालिका छ।










Discussion about this post