Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३०, २०८३
पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको कार्ययोजना अर्थ मन्त्रालयले औपचारिक रूपमा जारी गरेको हो।

अर्थतन्त्रमा देखिएको शिथिलता, बैंक तथा वित्तीय क्षेत्र, उद्योग, वाणिज्य र पूर्वाधार क्षेत्रमा परेको असर तथा भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा भएको क्षतिका कारण पुँजी बजारमा परेको दबाबलाई सम्बोधन गर्न सरकारले कार्ययोजना ल्याएको जनाएको छ।

कार्ययोजनामा प्राथमिक बजार तथा आईपीओको योग्यता निर्धारण, धितोपत्र बाँडफाँट प्रणालीमा सुधार तथा बजारमुखी मूल्य प्रणाली लागू गर्ने व्यवस्था समेटिएको छ। जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि र औषधि उद्योगका लागि आईपीओमा विशिष्ट योग्यता तथा मूल्य अन्वेषण प्रणाली लागू गर्ने लक्ष्य राखिएको छ।

यस्तै, ऋणपत्र बजार, मुद्रा बजार र ईटीएफजस्ता वित्तीय उपकरणको विकास, म्युचुअल फन्डलाई व्यावसायिक र पारदर्शी बनाउने तथा धितोपत्र दलाल व्यवसायलाई आधुनिक र बहुआयामिक सेवाप्रदायक संस्थाका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।

धितोपत्रसम्बन्धी कानुनमा सुधार गरी मार्जिन लेन्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङजस्ता उपकरण सञ्चालनका लागि कानुनी आधार तयार गरिनेछ। दलाल व्यवसायीमार्फत ऋण लिएर लगानी गर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना अघि बढाउने, नयाँ आधारभूत सूचकांक सञ्चालन गर्ने तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउन आवश्यक कानुनी संशोधन अघि बढाउने कार्ययोजनामा उल्लेख छ।

सरकारले संस्थागत ऋणपत्र बजार विस्तारसँगै हरित, विपद्, सामाजिक तथा परियोजना विशेष ऋणपत्रजस्ता उपकरणलाई प्रोत्साहन गर्ने जनाएको छ। ट्रेजरी बिल तथा विकास ऋणपत्रको दोस्रो बजार सुनिश्चित गर्न कारोबार शुल्क पुनरावलोकन र आवश्यक पूर्वाधार निर्माण गरिनेछ।

त्यस्तै, सूचीकृत संस्थाको सेयर एकीकरण वा विभाजन, सञ्चित मुनाफाबाट आफ्नै सेयर खरिद, धितोपत्र कसुरको अनुसन्धान तथा संस्थागत लगानीकर्ताको धितोपत्र बजारमा सहभागिता बढाउने व्यवस्था पनि कार्ययोजनामा समेटिएको छ।

केन्द्रीय निक्षेप सेवा प्रणाली (सीडीएससी) को क्षमता अभिवृद्धि, स्टार्टअप तथा नवप्रवर्तनका लागि जोखिममा आधारित निजी इक्विटी र भेन्चर क्यापिटल नियमन, तथा बैंक तथा वित्तीय संस्थाको पुँजी बजार लगानीसम्बन्धी जोखिम भार पुनरावलोकन गर्ने योजना पनि अघि सारिएको छ।

दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न पुँजीगत लाभकरमा समेत सुधार प्रस्ताव गरिएको छ। ३६५ दिनभन्दा बढी स्वामित्वमा रहेको सूचीकृत धितोपत्र बिक्री गर्दा प्राकृतिक व्यक्ति तथा बासिन्दा निकायका लागि ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिका लागि ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव कार्ययोजनामा छ।

यससँगै अघिल्ला वर्षको नोक्सानी समायोजन गरी खुद लाभमा मात्र कर लिने व्यवस्था तथा बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा लगानी गर्दा जोखिम न्यूनीकरण हुने गरी लगानी नीति बनाउनुपर्ने व्यवस्था अघि बढाइने भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित
फ्ल्यास हेडिङ

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

अशोज ९, २०८३
एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित
खेलकुद

एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

अशोज ९, २०८३
निगलाशैनी विकास समाजको आयोजनामा कञ्चनपुरमा असोज १६ देखि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
खेलकुद

निगलाशैनी विकास समाजको आयोजनामा कञ्चनपुरमा असोज १६ देखि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

अशोज ९, २०८३
भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

अशोज ९, २०८३
सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

अशोज ९, २०८३
एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व