Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना माग सम्बोधन गर्न सरकार उदासीन बनेको आरोप लगाउँदै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ।

सङ्घका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत ठप्प पारिनेछ। यससँगै नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, श्रमसम्बन्धी काम तथा निर्धारित श्रमिक उडानसमेत प्रभावित हुने भएका छन्।

यसअघि आन्दोलनको चरणबद्ध कार्यक्रमअन्तर्गत सङ्घले पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन र भिसा स्ट्याम्पिङ रोकिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि तोकिएको समयसीमा समाप्त भएपछि सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ।

सङ्घका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार आइतबार राति १२ बजेसम्म प्रक्रिया पूरा भएका श्रमिकलाई उडान गरिसक्न म्यानपावर कम्पनीहरूलाई यसअघि नै निर्देशन दिइएको थियो। त्यसपछि भने वैदेशिक रोजगारीमा जाने श्रमिकका उडानसमेत रोक्ने सङ्घको भनाइ छ।

श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको सङ्घले जनाएको छ। व्यवसायीहरूले मन्त्रिस्तरमा वार्ता हुनुपर्ने तथा आफ्ना मागको तत्काल सम्बोधन हुनुपर्ने माग राखेका छन्।

सङ्घले म्यानपावर व्यवसायीको पेसागत अस्तित्व, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक आन्दोलन भएको जनाएको छ। माग सम्बोधनका लागि ठोस निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने सङ्घको अडान छ।

सरकारसँग वार्ताका लागि ढोका खुला रहेको बताउँदै सङ्घले माग सम्बोधन नभएसम्म काममा नफर्कने स्पष्ट पारेको छ। साथै, निर्णयविपरीत लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन गर्ने सदस्य संस्थामाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग
अर्थ/ब्यापार

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

भदौ १९, २०८३
बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता
अर्थ/ब्यापार

बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

भदौ १९, २०८३
काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै
अर्थ/ब्यापार

काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै

भदौ १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व