प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सिंहदरबारमा भेटवार्ता भएको छ। करिब ४५ मिनेट चलेको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यसैबीच, प्रधानमन्त्री शाहले आजै चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्ने भएका छन्। चिनियाँ राजदूतसँग दिउँसो ३ बजे भेटवार्ताको समय तय गरिएको छ।










Discussion about this post