काठमाडौं । काठमाडौँ उपत्यकामा शनिबार ट्राफिक नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९, तीव्र गतिमा चलाउने ११५, सिसी क्यामराको निगरानीबाट ४० र रातो बत्ती उल्लङ्घन गर्ने ३७ चालक कारबाहीमा परेका छन्।

त्यस्तै, हर्न बजाएर सवारी चलाउने नौ, लेन अनुशासन उल्लङ्घन गर्ने दुई, एकतर्फी सडकमा सवारी चलाउने सात तथा अन्य कसुरमा १६१ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
दसैंको समयमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालना सुनिश्चित गर्न प्रहरीले निगरानी तथा कारबाहीलाई तीव्र बनाएको जनाएको छ।










Discussion about this post