नेकपा (एमाले)का राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले निर्वाचन आयोगलाई संघीय संरचनाअनुसार तल्लो तहसम्म प्रभावकारी बनाउँदै आधुनिक प्रविधिको दुरुपयोग रोक्न आवश्यक रहेको बताएका छन्।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा उनले आयोगको संगठनात्मक पुनर्संरचना गरी मतदाता नामावली अद्यावधिकलगायतका काम जिल्ला वा पालिका तहसम्म विस्तार गर्नुपर्ने धारणा राखे। साथै, निर्वाचनमा सहभागी नभएकै आधारमा राजनीतिक दल खारेज गर्न नहुने तर कानुनी प्रक्रिया पालना नगर्ने दलका विषयमा आवश्यक व्यवस्था गर्न सकिने बताए।
दंगालले आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल प्लेटफर्म र मिथ्या सूचनाको बढ्दो प्रयोगले निर्वाचनको निष्पक्षतामा चुनौती थपिएको उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापन गर्न आयोगले विशेष तयारी गर्नुपर्नेमा जोड दिए।










Discussion about this post