संघीय संसदअन्तर्गतका तीन वटा समितिको बैठक आज सिंहदरबारमा बस्दैछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनबारे छलफल गर्नेछ। बैठकमा सम्बन्धित मन्त्री, सचिव तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष सहभागी हुनेछन्।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनामाथि छलफल गर्नेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभागका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ।









Discussion about this post