सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई थप सुदृढ, व्यावसायिक र जिम्मेवार बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
अनलाइन टीभी पत्रकार संघ, नेपालसँगको छलफलमा उनले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्दै सञ्चार क्षेत्रको विकासमा सहजीकरण गरिने, तर कानुन र पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यममाथि कडाइका साथ कारबाही गरिने बताए।
मन्त्री तिमिल्सिनाले भ्रामक, अश्लील, गालीबेइज्जतीपूर्ण तथा गैरजिम्मेवार सामग्री नियन्त्रण गर्न नियामक निकायलाई थप प्रभावकारी बनाइने उल्लेख गर्दै सत्य, तथ्य र सार्वजनिक हितमा आधारित जिम्मेवार पत्रकारितामा जोड दिए। साथै, अनलाइन पत्रकारितामा देखिएका विकृति हटाउन आचारसंहिता र स्वनियमनलाई प्रभावकारी रूपमा लागू गरिने पनि उनले बताए।










Discussion about this post