Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सरोकारवालाबीच वृहत छलफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ८, २०८३
फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सरोकारवालाबीच वृहत छलफल
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न निकाय, संघसंस्था तथा व्यवसायी प्रतिनिधिबीच वृहत छलफल गरिएको छ ।

बास नेपालको आयोजनामा बिहीबार नेपालगन्जमा सम्पन्न ‘स्थानीय नेतृत्व र नागरिक संलग्नता’ विषयक कार्यक्रममा फोहोर व्यवस्थापनका चुनौती र समाधानका उपायबारे छलफल गरिएको हो ।

छलफलमा यातायात व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग नेपालगन्ज उपमहानगरपालिका समिति, होटल व्यवसायी संघ, गैरसरकारी संस्था महासंघ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नेपालगन्जको फोहोरलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणाले आफू नेपालगन्ज उपमहानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन र प्लास्टिकमुक्त अभियानलाई योजनाबद्ध रूपमा अघि बढाएको स्मरण गरे । विभिन्न कारणले अभियान अपेक्षित रूपमा सफल हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

उनले द कोकाकोला फाउन्डेसनको सहयोगमा नेपालगन्जमा पुनः दिगो फोहोर व्यवस्थापनको काम सुरु भएकोमा खुसी व्यक्त गर्दै अभियान सफल बनाउन सबै नागरिक र सरोकारवालालाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा वातावरण विज्ञ हरिप्रसाद सुवेदीले फोहोर व्यवस्थापनसम्बन्धी प्रस्तुति दिँदै फोहोर व्यवस्थापनको मुख्य आधार नागरिकको व्यवहार परिवर्तन रहेको बताए । उनले फोहोर व्यवस्थापनसम्बन्धी व्यवहारिक अभ्यास र खेलमार्फत सहभागीलाई सचेत गराएका थिए ।

कार्यक्रममा यातायात व्यवसायी संघ, होटल व्यवसायी संघ, गैरसरकारी संस्था महासंघ लगायतका प्रतिनिधिहरूले फोहोर व्यवस्थापनमा आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बासका परियोजना अधिकृत रविन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा बासका निर्देशक हेमराज भट्टले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए ।

‘हरित नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना’ अन्तर्गत आयोजित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले गरेका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न
समाज

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय
फ्ल्यास हेडिङ

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ
फ्ल्यास हेडिङ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व