राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ।
पार्टीले जारी गरेको मापदण्डमा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्दै योग्यता, क्षमता र कार्यदक्षताका आधारमा मात्रै स्वकीय सचिव नियुक्त गर्नुपर्ने उल्लेख गरिएको छ।
सरकारले हालै सांसदलाई शाखा अधिकृत सरहका एक जना स्वकीय सचिव राख्न पाउने सुविधा दिएपछि रास्वपाले नियुक्ति प्रक्रिया पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन यस्तो निर्देशन जारी गरेको हो।









Discussion about this post