नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिने सर्वोच्च अदालतको आदेश पुनरावलोकन गर्न निवेदन दर्ता भएको छ।
सर्वोच्चका अनुसार पूर्वसभापति शेरबहादुर देउवा पक्षले वैशाख ४ गते न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासबाट भएको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिएको हो।
उक्त आदेशले सभापति गगनकुमार थापाको नेतृत्वमा गठित कार्यसमितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको विषयलाई लिएर देउवा र पूर्णबहादुर खड्का पक्ष अदालत पुगेका थिए।









Discussion about this post