काठमाडौं महानगरपालिकाले सानो गौचरनस्थित महेन्द्र भवन माध्यमिक विद्यालयलाई आधुनिक र नमुना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले सार्वजनिक शैक्षिक गुठीसँग सम्झौता गरेको छ।
सम्झौतापछि विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ राखिनेछ। विद्यालयको सञ्चालन तथा व्यवस्थापनमा महानगरपालिकाले प्रत्यक्ष भूमिका खेल्नेछ भने स्वामित्व गुठीकै रहनेछ।
महानगरले विद्यालयको भौतिक पूर्वाधार सुधार, आधुनिक प्रविधि जडान तथा आवश्यक बजेट व्यवस्थापन गर्ने जनाएको छ। विद्यालयलाई भविष्यमा उच्च शिक्षाको केन्द्र र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।










Discussion about this post