पोखराको फेवातालमा डुङ्गा सयर गर्ने पर्यटकको सुरक्षा सुनिश्चित गर्न प्रहरीले डुङ्गा चालकमाथि जाँडरक्सी तथा लागुऔषध सेवनसम्बन्धी विशेष जाँच अभियान सुरु गरेको छ।
बाराहीघाट क्षेत्रमा ३२ जना चालकको परीक्षण गर्दा तीन जनामा गाँजा सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले यस्ता निगरानी अभियानलाई निरन्तरता दिने जनाएको छ भने फेवा डुङ्गा व्यवसायी सङ्गठनले पनि यात्रुको सुरक्षाका लागि अभियानको स्वागत गरेको छ।










Discussion about this post