नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अराजकता र निरङ्कुशतातर्फ लैजाने प्रयास भइरहेको आरोप लगाएका छन्।
पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको भन्दै प्रतिगमनविरुद्ध फेरि एकपटक सबै एकजुट हुनुपर्ने अवस्था आएको बताए।
प्रचण्डले राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक उपलब्धि दुवै संकटमा रहेको दाबी गर्दै वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको र त्यसमा सबैलाई साथ दिन आग्रह गरे।









Discussion about this post