नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेकपा (एमाले)सहित विभिन्न कम्युनिस्ट दल तथा संगठनहरूले श्रद्धाञ्जली सभा, विचार गोष्ठी र स्मृति कार्यक्रम आयोजना गरेका छन्।
नेपालमा कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक अगुवा मानिने पुष्पलालले कम्युनिस्ट मेनिफेस्टो पहिलो पटक नेपालीमा अनुवाद गरेका थिए। वि.सं. २००६ वैशाखमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्न उनले नेतृत्वदायी भूमिका खेलेका थिए।
उहाँको वि.सं. २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो।










Discussion about this post