नेकपा एमालेले संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन आज सांसदहरूसँग अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले सांसदहरूको भूमिका, संसदीय प्रक्रिया, समितिका अधिकार तथा पार्टी नीतिअनुसार काम गर्ने विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेले जनाएको छ। कार्यक्रममा दुवै सदनका सांसदहरूको सहभागिता रहनेछ।










Discussion about this post