एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित हुँदै फाइनल पुग्नबाट चुकेको छ।
१०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १०० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा नेपालले दिएको ७ रनको लक्ष्य यूएईले ३ बलमै पूरा गर्यो।
नेपालकी अनु कडायतले २० रन बनाइन् भने रिया शर्मा र अनु कडायतले ३/३ विकेट लिए। अब यूएईले उपाधिका लागि फाइनलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
यद्यपि, सेमिफाइनलमा पुगेका चारै टोली आगामी एशिया कपका लागि छनोट भइसकेका छन्।










Discussion about this post