शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारमा भएको भेटमा नेपाल–जापान सम्बन्ध, शिक्षा सुधार, शिक्षक तालिम, डिजिटल शिक्षा तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। जापानले नेपालको सार्वजनिक शिक्षा सुधारमा सहयोग निरन्तर राख्ने प्रतिबद्धता जनाएको छ।










Discussion about this post