संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा न्याय परिषद्, न्याय सेवा आयोग र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिनेछ।
कानुनमन्त्री सोविता गौतमले नेपाल विशेष सेवा ऐन, २०४२ सम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश गर्नेछिन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज विधेयक, २०८३ प्रस्तुत गर्नेछन्।
बैठकमा अन्तर्राष्ट्रिय श्रम सन्धीसम्बन्धी प्रोटोकलका बुँदामाथि छलफल गरी अनुमोदन गर्ने कार्यसूची पनि रहेको छ।










Discussion about this post