ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदोयुक्त बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन आइतबार साँझदेखि बन्द गरिएको छ।
आयोजनाका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित क्षति रोक्न विद्युत् उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य भए आज (सोमबार)देखि पुनः उत्पादन सुरु गरिने जनाइएको छ।
यता, भोटेकोशी नदीमा पानीको बहाव बढेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक तथा आयातित सवारीसाधन सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रशासन कार्यालयले यात्रु तथा चालकलाई जोखिमयुक्त सडक र नदी किनारमा यात्रा नगर्न आग्रह गर्दै कुनै विपद्को अवस्था देखिएमा निःशुल्क आपत्कालीन नम्बर १२३४ मा तत्काल जानकारी गराउन अनुरोध गरेको छ।










Discussion about this post