Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सन्तुलित कूटनीतिमा सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री शिशिर खनाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २३, २०८३
सन्तुलित कूटनीतिमा सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री शिशिर खनाल
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित र राष्ट्रिय हितमुखी कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार राष्ट्रियसभाको बैठकमा परराष्ट्र मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताए।

उनका अनुसार नेपाललाई सूचना प्रविधि, शिक्षा र स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्दै ऊर्जा तथा पर्यटन क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। साथै, ‘ब्रान्ड नेपाल’ अभियानमार्फत नेपाली मौलिक पहिचान, संस्कृति तथा उत्पादनको अन्तर्राष्ट्रिय प्रवर्द्धन गरिने नीति सरकारले लिएको छ।

मन्त्री खनालले राहदानी र कन्सुलर सेवालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र बनाइएको जानकारी दिँदै विदेशमा रहेका नेपालीको सीप, अनुभव र पुँजीलाई राष्ट्रिय विकाससँग जोड्न ‘डायस्पोरा विज्ञ सञ्जाल’ र ‘ज्ञान बैंक’ स्थापना गर्ने तयारी भइरहेको बताए। विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि पहिलो पटक छुट्टै बजेट व्यवस्था गरिएको पनि उनले उल्लेख गरे।

छिमेकी मुलुकसँगको सम्बन्धबारे बोल्दै उनले भारतसँगको सीमा विवाद ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक संवादमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले चिया निर्यातमा देखिएका समस्या समाधान भइसकेको र चीनसँगका व्यापारिक नाकालाई थप व्यवस्थित तथा सुदृढ बनाउन पहल भइरहेको जानकारी पनि दिए।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे जानकारी दिँदै मन्त्री खनालले परम्परागत सम्झौता भएका मुलुकबाहेक अन्य विदेशी सेनामा नेपालीलाई भर्ती हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारे। उनका अनुसार हालसम्म रुसी सेनामा रहेका १३१ नेपालीको मृत्यु भएको, ९५ जना बेपत्ता रहेका तथा ९ जना युक्रेनमा बन्दी अवस्थामा रहेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, केही महिनामै उत्पादन सुरु हुने
राजनीति

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, केही महिनामै उत्पादन सुरु हुने

असार २३, २०८३
बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित
राजनीति

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट
राजनीति

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा सुधार, नेप्से २४.५७ अङ्कले बढ्यो

शेयर बजारमा सुधार, नेप्से २४.५७ अङ्कले बढ्यो

असार २३, २०८३
सन्तुलित कूटनीतिमा सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री शिशिर खनाल

सन्तुलित कूटनीतिमा सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री शिशिर खनाल

असार २३, २०८३
सुदूरपश्चिम प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेट पेश

सुदूरपश्चिम प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेट पेश

असार २३, २०८३
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, केही महिनामै उत्पादन सुरु हुने

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, केही महिनामै उत्पादन सुरु हुने

असार २३, २०८३
बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व