सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानुन वा अन्य कुनै बहानामा त्रासमा राख्ने सरकारको मनसाय नरहेको स्पष्ट पारेका छन्।
नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले साइबरसम्बन्धी विषयमा अनावश्यक हस्तक्षेप गर्न नपर्ने वातावरण बनाउन सञ्चारमाध्यम स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
मन्त्री तिमिल्सिनाले पत्रकारितामा गलत ढङ्गले हस्तक्षेप भए त्यसको परिणाम गम्भीर हुन सक्ने सरकारलाई राम्रोसँग जानकारी रहेको उल्लेख गर्दै त्यस्तो अवस्था सिर्जना नहोस् भन्नेमा सरकार सचेत रहेको बताए।
उनले सरकार विभिन्न पक्षप्रति जवाफदेही हुनुपर्ने भएकाले कहिलेकाहीँ केही विषयमा फरक परिस्थिति उत्पन्न हुन सक्ने भए पनि पत्रकारितामा अनुचित हस्तक्षेप गर्ने कुनै नीति वा उद्देश्य नरहेको स्पष्ट पारे।
साथै, उनले सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन सरकार तयार रहेको बताउँदै गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउन पनि आग्रह गरे।










Discussion about this post