Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

रास्वपा महाधिवेशनको बन्दसत्र चितवन, ९ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत मङ्गलबार चितवनमा आयोजित बन्दसत्रको उद्घाटन कार्यक्रममा सहभागी पार्टीका नेताहरू । तस्बिर: प्रदीपराज वन्त/रासस

0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान सुरु हुँदैछ। चितवनको भरतपुरमा जारी महाधिवेशनमा ९९ केन्द्रीय सदस्यका लागि झन्डै ४०० जनाले उम्मेदवारी दिएका छन्। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार दाबी विरोध र उम्मेदवारी फिर्तापछि अन्तिम सूची प्रकाशित गरिनेछ।

उम्मेदवारको विवरण रुजु गरी विद्युतीय भोटिङ मेशिनमा प्रविष्ट गर्ने काम भइरहेको छ। मतदानका लागि ८० वटा विद्युतीय उपकरण तयारी अवस्थामा राखिएको छ। विभिन्न ‘क्लस्टर’ बाट उम्मेदवार कायम भएकाले मतदान प्रक्रिया केही समय लम्बिन सक्ने अनुमान गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिनेछ। विदेशमा रहेका प्रतिनिधिले मोबाइलमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ। महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन्।

यसअघि नै पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। महामन्त्री बुर्लाकोटीका अनुसार आजै रातिसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको मतदान सम्पन्न गरी दोस्रो चरणमा पदाधिकारी चयन गर्ने तयारी छ।

दोस्रो चरणमा १ उपसभापति, २ महामन्त्री र ३ सहमहामन्त्री गरी ६ पदका लागि निर्वाचन हुनेछ।

यसैबीच महाधिवेशनमा सहभागी हुन चितवन पुगेका पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज काठमाण्डौ फर्किनुभएको छ। गत आइतवारदेखि सुरु भएको रास्वपाको पहिलो महाधिवेशन हिजो नै सकिनुपर्ने कार्यतालिका भए पनि प्रक्रिया लम्बिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’
राजनीति

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

साउन २६, २०८३
प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्
राजनीति

प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

साउन २६, २०८३
प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध
राजनीति

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध

साउन २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३
सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

साउन २६, २०८३
सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

साउन २६, २०८३
प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

साउन २६, २०८३
जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

साउन २६, २०८३
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व