Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २९, २०८३
सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूलाई धम्की दिएको आरोपपछि बैठकमा हंगामा भएको छ। बिहीबारको बैठकमा अर्थमन्त्रीले सुशासनका विषयमा ‘फाइल खोल्ने’ जस्ता अभिव्यक्ति दिएको विषय शुक्रबारको बैठकमा प्रवेश गरेपछि प्रतिपक्ष र सत्तापक्षका सांसदबीच चर्को बहस भएको हो।

पूर्वअर्थमन्त्री तथा नेकपा सांसद वर्षमान पुनले अर्थमन्त्री वाग्लेले समितिको मर्यादा विपरीत धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिएको आरोप लगाए। उनले सांसदहरूलाई हेप्ने र धम्की दिने ढंगमा प्रस्तुत भएको भन्दै कडा आपत्ति जनाए।

पुनले अर्थमन्त्रीले विगतका आर्थिक विधेयकहरूमा भएका कमजोरीको तुलना गर्दै दिएको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै “अपराध जति भए पनि अपराध नै हो” भन्दै समितिले गम्भीर हुनुपर्ने बताए। उनले समितिको मर्यादा कायम राख्न नसकिए बैठकमै बस्ने–नबस्ने विषयमा सोच्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिए।

उनले सार्वजनिक लेखा समितिका सभापतिले यस विषयमा रुलिङ गर्नुपर्ने मागसमेत राखे।

सत्तापक्षका सांसद गणेश पराजुलीले भने पुनको आरोपलाई ‘चित्त दुखाइ र दुखेसो’ को संज्ञा दिँदै लोकतान्त्रिक प्रक्रियामा सबै पक्ष जिम्मेवार हुनुपर्ने प्रतिक्रिया दिए। उनले विगतमा प्रतिपक्षमा रहँदा पनि यस्ता अभिव्यक्तिहरू आउने गरेको स्मरण गर्दै त्यसलाई राजनीतिक अभ्यासको हिस्सा भएको टिप्पणी गरे।

दुवै पक्षबीचको तीव्र सवालजवाफपछि सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले अर्थमन्त्रीको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाउँदै विषयलाई पछि छलफल गर्ने बताए।

बैठकमा ‘कानूनी ग्रे एरिया’ स्पष्ट पार्नुपर्ने तथा अर्थमन्त्रीलाई जिम्मेवार हुनुपर्ने धारणा पनि उठाइएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पूर्वअर्थमन्त्री पुनको अर्थमन्त्री वाग्लेलाई चुनौती, ‘छानबिन मबाटै सुरु गर्नुस्’
राजनीति

पूर्वअर्थमन्त्री पुनको अर्थमन्त्री वाग्लेलाई चुनौती, ‘छानबिन मबाटै सुरु गर्नुस्’

जेष्ठ २९, २०८३
करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले
राजनीति

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

जेष्ठ २८, २०८३
रास्वपा बागमती प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित
राजनीति

रास्वपा बागमती प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित

जेष्ठ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

जेष्ठ २९, २०८३
पूर्वअर्थमन्त्री पुनको अर्थमन्त्री वाग्लेलाई चुनौती, ‘छानबिन मबाटै सुरु गर्नुस्’

पूर्वअर्थमन्त्री पुनको अर्थमन्त्री वाग्लेलाई चुनौती, ‘छानबिन मबाटै सुरु गर्नुस्’

जेष्ठ २९, २०८३
“मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्व बैंकको चेतावनी”

“मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो

जेष्ठ २९, २०८३
कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

जेष्ठ २९, २०८३
क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल

क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल

जेष्ठ २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व