Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जीवन ज्योति माविमा बालिका शिक्षा कार्यक्रमको समीक्षा, उपलब्धि उत्साहजनक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २८, २०८३
जीवन ज्योति माविमा बालिका शिक्षा कार्यक्रमको समीक्षा, उपलब्धि उत्साहजनक
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

गोरखा, जेठ २७ — गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको प्रगति, उपलब्धि तथा आगामी कार्यदिशाबारे समीक्षा गर्न सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ।

विद्यालयको आयोजनामा तथा Room to Read र UN Nepal को सहकार्यमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि, बाल क्लबका प्रतिनिधि तथा कार्यक्रमका सहभागी बालिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष कोपिला कुमाल, बालिका शिक्षा कार्यक्रमकी फोकल शिक्षक कमला पन्थ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन डा. रविन्द्र कंडेलले गरेका थिए।

समीक्षा प्रतिवेदनअनुसार सन् २०२३ देखि विद्यालयमा सञ्चालन हुँदै आएको बालिका शिक्षा कार्यक्रमले बालिकाहरूको विद्यालय उपस्थितिमा सुधार, सिकाइ उपलब्धि अभिवृद्धि, नेतृत्व विकास, जीवनोपयोगी सीपको विकास तथा लैङ्गिक समानताको प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ।

UN Nepal गोरखाका कार्यक्रम अधिकृत उमेश बिश्वकर्माले कार्यक्रमबाट प्राप्त उपलब्धि र तथ्याङ्कहरूको विश्लेषणसहित प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा सहभागी छात्रा दिपिका कुमाल र कृति कुमालले कार्यक्रमले आफूहरूमा आत्मविश्वास बढाएको, सार्वजनिक रूपमा बोल्ने क्षमता विकास गरेको तथा अध्ययनप्रति थप प्रेरित बनाएको अनुभव सुनाएका थिए। उनीहरूको अनुभवले अभिभावक तथा सरोकारवालाहरूलाई भावुक बनाएको थियो।

खुला छलफलका क्रममा सहभागीहरूले बालिका शिक्षालाई अझ प्रभावकारी बनाउन विद्यालय, अभिभावक, समुदाय र स्थानीय सरकारबीचको सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए। साथै, किशोरीहरूका लागि नेतृत्व विकास, जीवनोपयोगी सीप तथा सुरक्षित सिकाइ वातावरणलाई आगामी वर्षमा अझ प्रभावकारी बनाउने सुझावहरू प्रस्तुत गरिएको थियो।

वक्ताहरूले बालिका शिक्षामा गरिने लगानी समाजको भविष्य निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका बालिकाहरूको शिक्षा तथा अवसरमा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

प्रधानाध्यापक कुमार प्रसाद ढकालले विद्यालयमा सञ्चालन भइरहेको कार्यक्रमले बालिकाहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा उल्लेखनीय योगदान पुर्‍याएको बताउँदै आगामी दिनमा यसलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

बैठकले कार्यक्रमको प्रभावकारिताको समीक्षा गर्दै आगामी वर्षका लागि सुधारका क्षेत्रहरू पहिचान गर्नुका साथै बालिका शिक्षाको दिगोपनाका लागि साझा प्रतिबद्धता निर्माण गर्ने निष्कर्ष निकालेको छ।

विद्यालय परिवारले कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवाला, अभिभावक, शिक्षक, विद्यार्थी तथा सहयोगी संस्था Room to Read र UN Nepal प्रति आभार व्यक्त गर्दै बालिका शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा पनि निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरेको जनाएको छ।

“शिक्षित बालिका, सक्षम समाजको आधार” भन्ने सन्देशलाई आत्मसात् गर्दै कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने
Education

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

साउन २६, २०८३
महेन्द्र भवन माविले पायो ‘महानगर विद्यालय’को परिचय
Education

महेन्द्र भवन माविले पायो ‘महानगर विद्यालय’को परिचय

साउन ७, २०८३
नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
Education

नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

भदौ ९, २०८३
रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

भदौ ९, २०८३
वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

भदौ ९, २०८३
अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व