राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बागमती प्रदेश अधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन तथा मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्नुपर्ने भएकाले प्रक्रिया रोकिएको हो।
त्यस्तै, झन्डै ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी तथा विवादहरूको सम्बोधन गर्नुपर्ने, साथै प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रिया सहज बनाउनुपर्ने कारणले स्थगन गरिएको आयोगले जनाएको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र थप विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि आधिकारिक रूपमा जानकारी गराइने उल्लेख गरिएको छ।
बागमती प्रदेश नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा रहेका छन्।










Discussion about this post