भारत भ्रमणमा रहेका शिशिर खनाल ले प्रधानमन्त्रीले विदेश भ्रमणभन्दा सरकारको कार्यसम्पादनमा ध्यान केन्द्रित गरेको बताएका छन्। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार चुनावअघि गरेका प्रतिबद्धताअनुसार परिणाम दिन व्यस्त रहेकाले प्रधानमन्त्रीले हालसम्म विदेश भ्रमण नगरेको स्पष्ट पारे।
उनले नयाँ सरकारको ‘हनिमुन पिरियड’ समेत पूरा नभएको उल्लेख गर्दै जनताले दिएको बलियो जनमतको सम्मानस्वरूप प्रधानमन्त्री प्रारम्भिक नतिजा देखाउन आन्तरिक मोर्चामै केन्द्रित रहेको बताए। उपयुक्त समय आएपछि प्रधानमन्त्रीले भारतसहित अन्य मुलुकको भ्रमण गर्ने उनको भनाइ थियो।
फरक प्रसङ्गमा मन्त्री खनालले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताए। दुवै पक्ष खुला हृदय, विवेकपूर्ण सोच र आपसी सम्मानका साथ वार्तामा बसे कुनै पनि समस्या समाधान गर्न सकिने उनको विश्वास छ।










Discussion about this post